जनताले माओवादी केन्द्रमाथि ठूलो भरोसा गरेका छन् : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

303 Shares

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताए ।शनिबार मकवानपुर आएका माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताए ।
मकवानपुरको थाहा नगरपालिकामा शनिबार नेकपा(माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिस्ट लिग(वाइसीएल)नेपालको नगर अधिवेशनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट पाँच वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने दाबी गरे ।
मेचीदेखि महाकालीसम्म माओवादी केन्द्र र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको भन्दै मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए।“नयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ।बेथिति,भ्रष्टाचार विरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ।”जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले गर्ने उनले बताए ।
उनल आफु अहिले पनि नथाकेको दाबी गर्दै नेपाली कांग्रेस र नेकपा(एमाले)सँगको लामो संगतले माओवादी केन्द्र बिग्रिएको भन्दै अब नागरिकसँग माफी मागेर अघि बढ्ने उनले बताए ।कांग्रेस र एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको जिकिर गर्दै उनले विपद्को समयमा पीडितको घरदैलोमा पुग्दा सरकार कहाँ छ थाहा छैन भन्दै आफूलाई नेपाली जनताले भरोसा गरेका दाबी गर्दै उनले अब माओवादी केन्द्र २०६४ को पुन स्थापनामा लागेको समेत बताए ।

सम्बन्धित समाचार