Close This

जिल्लाका सयजना दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-६ गते   ७२ पटक हेरिएको


  सर्लाहीमा नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत एक सय जना दलित बालबालिकालाई  छात्रवृति वितरण गरेकोे छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही तथा  सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत छ्नौटमा परेका एक सय जना दलित बाल बालिकालाई छात्रवृत्ति वितरण गरिएको हो ।
जिल्लाको कबिलासी ,हरिपुर्वा ,मलंगवा ,गोडैता नगरपालिका र ब्रहम्पुरी,चन्द्रनगर गाउँपालिका भित्रका एक सयजना दलित बाल बालिकालाई छात्रवृत्ति वितरण गरिएको संस्थाका कार्यक्रम अधिकृत गोविन्द पासवानले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो । छात्रवृत्ति रकम प्रत्येक तीन–तीन महिनामा वितरण हुँदै आएको आयोजकले बताएको  छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech