विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण बन्द रहेको सर्लाहीको सिमानाकामा सुरक्षा व्यावस्था चुस्तदुरुस्त पारिएको छ । कोरोना माहामारीको कारण सिमा नाका बन्द गरेको एक वर्ष वितिसक्दा पनि जिल्लाका सिमानाकाहरुमा सुरक्षा व्यावस्थालाई चुस्तदुरुस्त राखिएको हो ।
जिल्लाका सुरक्षा अधिकारीहरुको नियमित अनुगमनमा सिमानाकाबाट हुने गैर कानुनी क्रियाकलापर भन्सार छलीलाई नियमित अनुगमन गरि सुरक्षा सर्तकतालाई तादरुकताका साथ कडाई गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो । भरखरै सरुवा भएर सर्लाही आउनु भएका प्रमुख जिल्ला अधिकारी तामाङ्ग,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर,शसस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण कविलासी सर्लाहीका शसस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ लगायतको टोलीले सिमानाकाको नियमित अनुगन गरि सिमानाकामा थप कडाईका साथ सुरक्षाकर्मीहरुलाई परिचालन गरेको हो ।
छिमेकी देश भारतमा फेरी कोरोना भाईरस संक्रमण फैलिएको भन्ने सन्देश प्राप्त हुना साथ जिल्लाका सुरक्षा अधिकारीहरुले सिमानाकाको नियमित अनुगमन गरि सिमानाकामा थप कडाई गर्न निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।
सिमानाका बन्द रहेको समयमा समेत विभिन्न चोरीका बाटाहरुबाट गैर कानुनी क्रियाकलापहरुका साथै भन्सार छलीको काम भई रहेको आशंकामा सिमानाकामा अनुगमनमा खटिएका सुरक्षा अधिकारीहरुको टोलीले थप कडाईका साथ सुरक्षा व्यावस्थापन गर्न सो क्षेत्रमा रहेका प्रहरी युनिटहरु र बोर्डर आउट पोष्टहरुलाई निर्देशन दिएको शसस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले बताउनु भयो ।
जिल्लाका सुरक्षा अधिकारीहरुको टोलीले जिल्लाको ५१ किलो मिटर सिमाना नियमित अनुगमन गरि रहेको छ । अनुगमनको क्रममा सो क्षेत्रमा रहेका प्रहरी युनिटहरु र बोर्डर आउट पोष्टहरुलाई सिमानाकामा हुने गैर कानुनी क्रियाकलापहरु र भन्सार छलीका गतिविधिहरुलाई पुर्णरुपमा कडाईका साथ निगरानी गर्न निर्देशन दिएको जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।
५१ किलो मिटर खुल्ला सिमाना रहेको सर्लाहीमा तस्करहरुले चोरबाटोको प्रयोग गर्दै गैर कानुनी क्रियाकलापहरु र भन्सार छलीको काम नियमित गरि रहेका र त्यसलाई अनुगमन गर्दै नियमन गर्न आफुहरु निरन्तर लागि परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।