Close This

अभियुक्ताहरु सार्वजनिक भएपछि प्रियंकाका परिवारले शव बुझे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-८ गते   ४६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपलिका १७ रानिगन्जकी १४ वर्षीया बालिका प्रियंका भुजेलको शव मंगलवार परिवारले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अभियुक्ताहरु सार्वजनिक गरेपछि पीडित परिवारले शव बुझेका लालबन्दी नगरपालिका–१७, का वडाध्यक्ष नवराज अधिकारीले बताउनु भयो । 
पीडित पक्षले अभियुक्ताहरुलाई सार्वजनिक गरि हदै सम्मको कार्बाही गर्न माग गर्दै जिल्ला अस्पतालमै थन्किएको शव बुझेका थिएनन् । गत वुधवार नै पोष्टमार्टम गरिएको प्रियंकाको शव जिल्ला अस्पताल सर्लाही मै रहेको थियो । प्रहरीले सोमवार प्रियंकाको हत्यामा संलग्न दुई अभियुक्ताहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि परिवारका सदस्यहरुले मंगलवार शव बुझेका हुन ।
घटनामा संलग्न लालबन्दी नगरपालिका–१७, रानिगन्जकै १९ वर्षीय अनिष दाहाल र वर्ष १९ कै कृष्ण साहलाई सोमवार  जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । अभियुक्तहरुलाई सार्वजनिक गरी हदैसम्मको माग गर्दै पीडित पक्षले पटक पटक चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech