सर्लाहीको लालबन्दीमा छैठौ संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । “रक्त दान जीवन दान “ भन्ने मुल नाराका साथ लाइन्स क्लव अफ लालबन्दी सिटि र लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका ७ मा भएको रक्त दान कार्यक्रममा १ सय ८२ जनाले रक्तदान गरेका लाइन्स क्लव अफ लालबन्दी सिटिका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो ।
कोरोना संक्रमणले गर्दा रगतको बढ्दो अभाव टार्न थोरै भएपनि टेवा पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । रणशेर गण पाँचकुमारी ब्यारेकको विशेष सहयोगमा रक्तदान शिविरको व्यावस्थापन गरिएको हो ।
कोरोना माहामारीका कारण रगत अभाव भएर उपचार नपाई कसैले ज्यान गुमाउनु पर्ने अवस्था नआयोस भनेर नेपाल रेडक्रम सोसाईटीसंगको साझेदारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको र संकलीत रगत नेपाल रेडक्रस सोसाईटी जनकपुर पठाइएको लाइन्स क्लव अफ लालबन्दी सिटिले जनाएको छ ।
शिविरमा रक्तदान गर्न आएका व्यक्ति, स्वयंसेवक र अन्यलाई ७ सय थान मास्क समेत निःशुल्क वितरण गरिएको लाइन्स क्लव अफ लालबन्दी सिटिका अध्यक्ष न्यौपानेले बताउनु भयो ।