पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित पश्चिम बस पार्क अगाडि भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित पश्चिम बस पार्क अगाडि शुक्रबार बिहान करिब ८ बजे एउटा माेटरसाईकल म्याजिकसंग ठाेक्किएर गई माल वाहक भ्यानमा ठाेक्किएकाे स्थानीयले बताएका छन् ।
दुर्घटनामा संग्लग्न सवारीसाधन सहित घाईतेकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।गम्भीर घाइते माेटरसाईकल चालककाे स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारकाे लागि वीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।सो विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुलाइृ पटक पटक फोन गर्दा पनि उनको फोन उठेन् । भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीलाई फोन गर्दा आफु बाहिर भएकाले जानकारी नपाएको बताए ।