रेन्जर सिंह आर्थिक चेलखेलमा व्यस्त,परियोजना बेखबर

325 Shares

सर्लाहीको सागरनाथ वन विकास परियोजना अन्तर्गतको मूर्तिया वृक्षारोपण शाखामा व्यापक अनियमितता र भ्रष्टाचार भएको खुलेको छ।वन संरक्षण र विकासका लागि ४५ वर्षअघि स्थापना गरिएको परियोजनाले पछिल्लो समय तस्करी र मनपरीका कारण परियोजना नै गम्भीर संकटमा परेको छ ।तस्करहरूले मूर्तिया वृक्षारोपण शाखाका कर्मचारीहरूसँग मिलेमतो गरी वन क्षेत्रबाट अवैध रूपमा रूख कटान र काठ ओसार पसार गर्ने गरेका स्थानीयले बताए।शाखाका निमित्त प्रमुख रेन्जर चन्द्र मोहन सिंह तस्करीलाई साथ दिँदै आर्थिक लाभमा लिप्त भएका स्थानीयको आरोप छ । 
रेन्जर सिंहले केही महिनाअघि गस्ती टोलीले समातेका तस्करहरूसंग ठूलो रकम लिएर कारबाही नै नगरी छाडि दिएको रहस्य बाहिरिएको छ।रेन्जर सिंहले लिएको रकम कार्यालयको कुनै आधिकारिक दाखिलामा नराखिएको र व्यक्तिगत लाभका लागि प्रयोग गरिएको पाइएपछि रेन्जल सिंहले आर्थिक अनियमितता गरी तस्करहरुलाई उन्मुत्ती दिएका पाइएको छ ।शाखाका लागि चाहिने फर्निचर बनाउन र वन क्षेत्रको घेरा लगाउन भनेर प्रयोग गरिएको काठमा पनि अनियमितता भएको देखिएको छ।रेन्जर सिंहले सोल्टी गार्ड क्वार्टरमा ढलेका रूखहरूको काठ चिरान गरेको बताए।तर,पत्राचारमा कुनै आधिकारिकता नभएको र सागनाथ वन विकास परियोजनाका निमित्त प्रमुख सिवेन्द्र चौधरी मौन देखिएका छन् ।
ज्यालादारी कर्मचारीहरूको खाजा वापतको बजेट समेत रेन्जर सिंहले अनियमितता गरेका पाइएको छ ।दैनिक ज्यालादारी कर्मचारीको बजेट रेन्जर सिंहले दुरुपयोग गर्ने गरेका पाइएको हो।कर्मचारीहरूले कम गुणस्तरको खाजा उपलब्ध गराई रेन्जर सिंहले रकम दुरुपयोग गरेका पाइएको हो।रेन्जर सिंहको व्यवहार र घरमा लामो समयसम्म बस्ने प्रवृत्ति प्रति परियोजना वेखबर देखिएको छ।करारका कर्मचारी रेन्जर सिंहको मनपरीलाई रोक्न परियोजना बेखबर देखिएको छ ।
यता,म माथि लगाईका आरोपहरुमा कुनै सत्यता नरहेको र आफु कार्यालयको काममा व्यस्त रहने गरेको रेन्जर सिंहले बताए ।उनले आफु कार्यालयको हितमा काम गरि रहेको र अनावश्यक झुटो आरोप लगाउने काम अरुले नगर्न उनले आग्रह समेत गरे।पछिल्लो समय करिब १० महिनादेखि तलब नपाएको बाहनामा परियोजनाका कर्मचारीहरु निरन्तर काठ तस्करीमा सक्रिय रहने गरेका स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार