कांग्रेस नेता साहद्धारा विपन्न माझी परिवारलाई खाद्यान्न र आर्थिक सहयोग

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-२४ गते   ४४२ पटक हेरिएको

सर्लाहीको बसबरिया गाउँपालिका ३ का एक विपन्न परिवारलाई नेपाली कांग्रेस बसबरियाका नेता गजेन्द्र साहले खाद्यान्न तथा आर्थिक सहयोग गरेका छन् । बसबरिया गाउँपालिका ३ का जीतु माझीको मृत्यू पश्चात विचललीमा परेको उनको परिवारलाई कांग्रेस नेता साहले चामल, दाल, तेल, चीनी, नुन, चिउरा, मसला, आलु लगायतका खाद्य सामाग्रीहरु र आर्थिक सहयोग गरेका हुन ।
घरका मुख्य मानिसको मृत्यु भएपछि विचललीमा परेका माझी परिवारलाई थोरै भएपनि राहत होस भनेर आफुले सकेको खाद्यान्न र आर्थिक सहयोग गरेको कांग्रेस नेता साहले बताए । उनी बागमती सेवा समाज नेपाल सर्लाहीमा आवद्ध रहेर निकै सामाजिक कामहरु गर्दै आएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech