Close This

प्रदेशको नाम मधेश प्रदेश भएको खुसीयालीमा मलंगवामा तीन पार्टीको बिजयी जुलुस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-४ गते   १५१८ पटक हेरिएको

सर्लाही सदरमुकाम मलंगवामा प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर घोषणा भएको खुशियालीमा आज(मंगलबार) बिजय जुलुस एवम शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
देश संघिय संरचनामा गएको लामो समय पछि प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर घोषणा भएकोखुसीयालीमा नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा खुसीयाली मनाउँदै  शुभकामना आदानप्रदान कार्यक्रम गरेको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्यव समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार तीनैै दलका नेता कार्यकर्ताहरुले “बिजय जुलुस”नाम दिएर मलंगवास्थित शहीद चौकमा भेला भएर नगरपरिक्रमा गरी सोही ठाउँमा आएर कोण सभा गरी खुशियाली मनाएका हुन् । 
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक बुढाथोकी, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र कुमार राय, लोसपाका नेता नागेश्वर महतो र प्रदेश सभा सदस्य अशोक यादवले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । देश संघिय संरचनामा गएको करिब ५ वर्ष पुग्नै लाग्दा प्रदेशको नाम र स्थायि राजधानी सोमबार मतदात प्रक्रिया मार्फत टुंगो लागेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech