सर्लाहीमा प्रमुख जिल्ला अधिकारी महतो आउनु भयो

2.5k Shares

सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सोमवार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनु भएको छ।  गृह मन्त्रालयले एक साताअघि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई मन्त्रालयमा तानेर जिलल प्रशासन कार्यालय कन्चनपुरमा रहनु भएका महतोलाई सर्लाहीमा सरुवा गरेको थियो । 
प्रमुख जिल्ला अधिकारी महतोले कार्यभार सम्हाल्नु भएको सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी महतोलाई कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल र अन्य कर्मचारीले पुष्पगुच्छाले स्वागत गरेका थिए । यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले पनि नयाँ प्रमुख जिल्ला अधिकारी महतोलाई स्वागत गर्नु भएको हो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी महतोले आफू सर्लाहीसँग राम्रोसँग परिचित रहेकाले शान्ति सुरक्षा र अमनचयन कायम राख्न सबै सरोकारवालासँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । महोत्तरी घर भएका महतो सहसचिवमा उर्तिण भएपछि प्रमुख जिल्ला अधिकारी बनेर दोस्रो जिल्लाको रुपमा सर्लाही आउनु भएको हो ।
सहसचिव भएपछि उहाँलाई गृह मन्त्रालयले पहिलो पटक कन्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको थियो । प्रमुख जिल्ला अधिकारी भएर आउनु भएका महतोसँग यसअघि उपसचिव हुँदा जिल्ला समन्वय समिति मलंगवाको समन्वय अधिकारीसहित ईश्वरपुर, कविलासी र मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको अनुभव पनि छ  ।

सम्बन्धित समाचार