हरिवन ११ को सुकुम्बासी बस्तीमा छलफल,बुधबार ड्रोन मार्फत जग्गा नाँप जाँच हुने

85 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित बालुवाटार(सुकुम्बासी) बस्तीमा बसोबास गरि रहेका भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा) उपलब्ध गराउन बुधबार जग्गाको  नाँपजाँच गर्ने तयारी गरिएको छ ।विगत लामो समयदेखि हरिवन नगरपालिका ११ स्थित बालुवाटार(सुकुम्बासी) बस्तीमा बसोबास गरि रहेका भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुले आफुले भोग चलन गरी रहेको जग्गाको जग्गाधनी पुर्जा(लालपुर्जा) नहुँदा विभिन्न किसिमका समस्याहरु झेल्दै आएकामा बुधबार सो जग्गाको नाँप जाँच गरी जग्गाधनी पुर्जा(लालपुर्जा) उपलब्ध गराउन जग्गाको नाँपजाँच गर्ने तयारी स्वरुप छलफल गरिएको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटि सचिव गौरी महतोले जानकारी दिए ।
उनका अनुसार सो क्षेत्रमा विगत लामो अव्यवस्थीत रुपमा बसोबास गरि रहेको भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई विधुतिकरण सेवा पुर्याइ सकिएको र बुधबारबाट उनीहरुले भोगचलन गरि रहेको जग्गाको नाँपजाँच गर्ने तयारी गरिएकाले बस्त िमै पुगेर छलफल गरिएको हो ।
अघिल्ला जनप्रतिनिधिहरुले बाटो समेत बन्द गरिदिएपछि माओवादी केन्द्रका युवा नेता शेख इस्तिहारको अध्यक्षमा केही वर्ष पहिला संघर्ष समिती समेत गठन गरिएको थियो।सो क्षेत्रमा अहिले सडकको स्तरोउन्नतीको काम भई सकेको र जग्गाको नाँपजाँच गरी चाँडै नै हरिवन नगरपालिका ११ बालुवाटार(सुकुम्बासी) बस्तीमा बसोबास गरि रहेका भुमिहिन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा) उपलब्ध गराउने विषयमा पहल भई रहेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।उनका अनुसार हरिवन नगरपालिकाले ड्रोन मार्फत जग्गाको नापजाँच गरि रहेकाले बुधबार सो क्षेत्रबासीहरुलाई जग्गा धनी पुर्जा(लालपुर्जा) उपलब्ध गराईने बताए ।छलफलमा माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष ताराराज पन्त(अर्जुन) सहित माओवादी केन्द्रका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु र स्थानीयको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार