अनावश्यक तनावका कारण विकासका काम गर्न सकिएन :डिभिजनल वन अधिकृत झा

371 Shares

मधेश प्रदेशका वनकर्मीहरुलाई अनावश्यक राजनीतिक तथा अन्य तनाव दिएका कारण सोचे अनुसारको काम गर्न नसकेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए।नेचुरल रिसोर्स म्यानेज्मेन्ट कन्सल्टिङ्ग सर्भिसको व्यवस्थापन तथा डिभिजन वन कार्यालय सर्लाहीको आयोजनामा सञ्चालन गरिएको तीनदिने वन सम्बद्र्धन प्रणालीमा आधारित÷दिगो वन व्यवस्थापन सम्बन्धि उपभोक्ता समुहहरूलाई तालिम उद्घघाटन गर्दै डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजनल वन अधिकृत झाले यस्तो बताएका हुन ।
वनलाई माटोसंग जोड्न,भू क्षयबाट बचाउन,कार्वन सञ्चय गर्न र वनलाई संरक्षण गर्न तथा व्यवस्थापन गर्न भन्दै तीन दिने तालिम शुक्रबारबाट सुरु गरिएको छ।सोही कार्यक्रमलाई सम्बोधन गर्दै अनावश्यक उजुरी र राजनीतिक दवावका कारणले गर्दा बदनाम हुने र उजुर वाजुरको जवाफ दिँदा दिँदै समय वर्वाद हुँदा विकासका काम गर्न नपाएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।
दिगोवन व्यावस्थापन हुन नसक्दा साथै उत्पादित काठ निर्यात गर्न नसक्दा धेरै काठ कुहीने अवस्थामा पुगेको र राज्यको राजश्व गुम्ने अवस्थामा पुगेको छ।वन क्षेत्रले राज्यको ठूलो राजश्व संकलनमा टेवा पुर्याउने भए पनि वन व्यावस्थापन तथा दिगोवन व्यवस्थापनमा ध्यान पुर्याउन नपाएका कारण सोचेजती कार्यक्रम  सञ्चालन हुन नसकेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार