महोत्तरीको बर्दिबासमा एम्बुलेन्सबाट करिब १० ग्राम ब्राउन सुगर प्रहरीले बरामद् गरेको हो ।बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बागमती प्रदेश ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट करिब १० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार सिन्धुलीको मरिण गाउँपालिकाको कपिलाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम बरामद ईलका प्रहरी कार्यालय बर्दीवासले बरामद् गरेको हो।विशेष सूचनाको आधारमा बागमती प्रदेश ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्ने क्रममा साइरनमा रहेको माइक्रो फोनभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।
ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको एम्बुलेन्स,चालक र एम्बुलेन्समा सवार अन्य एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक पोखरेलले बताए।यसबाट बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा हुने गरेको रहस्य बाहिरिएको हो ।नियन्त्रणमा लिइएका दुई जनाको परिचय प्रहरीले खुलाएको छैन।सो एम्बुलेन्स उपचार कार्यको मानवीय सेवामा सहयोग पुर्याउन प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई प्रदान गरेको मरिण गाउँपालिकाले जनाएको छ ।