Close This

कौडेनामा अस्पताल र विष्णु मन्दिरको शिलान्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२३ गते   ४६६ पटक हेरिएको

सर्लाहीको कौडेना गाउँपालिकामा १० बेडको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । कौडेना गाउँपालिका २ फूलपरासीमा गाउँपालिकाले बनाउन लागेको अस्पतालको नेपाली कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले शिलान्यास गर्नु भएको हो ।
 करिव रु ६ करोडको लागतमा आगामी फागुनसम्म अस्पतालको निर्माण कार्य पूरा गरी संचालनमा ल्याउने उद्देश्य रहेको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले जानकारी दिनुभयो । त्यस्तै कौडेना गाउँपालिका २, इनर्बा टोलमा करिब रु २ करोड लागतमा निर्माण हुने विष्णु मन्दिरको पनि शिलान्यास गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech