सर्लाहीमा जसपाको खाता खुल्यो, बसबरिया गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष विजयी

2.9k Shares

स्थानिय निकायको निर्वाचन २०७९ मा सर्लाहकिो बसबरिया गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । बैशाख ३० मा भएको स्थानिय निकायको निर्वाचनमा सर्लाहीमा बसबरिया गाउँपालिकामा जनता समाजवादीका उम्मेदवारहरुले जित निकालेसंगै सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) ले खाता खोलेको हो ।
बसबरिया गाउँपालिकाको अध्यक्षमा जसपाका रामसिंहासन रायले ४ हजार ९ सय ४६ मत ल्याएर विजयी भएका हुन् । रायका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्या यादवले २ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । पराजित यादव बसबरियाका निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा जसपाकै सरिता कुमारीले ४ हजार ७ सय ९५ मत ल्याएर  विजयी भएकी बसबरिया गाउँपालिकाका निर्वाचन अधिकृत रामेश्वर पोख्रेलले जानकारी दिनु भयो । सरिताकी निकतम् प्रतिद्वन्द्वी कांग्रेसकी निभा कुमारीले ३ हजार २ सय ३३ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित समाचार