बागमती ८ सोल्टी बजारमा चाँडै कुमारी बैँक खुल्दै

1.7k Shares

 दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका ८ स्थित होल्टी बजामा कुमारी बैंक लि.को शाखा कार्यालय खुलने भएको छ । बागमतीमा रहेको कुमारी बैँक लि.को शाखा कार्यालय बागमती नगरपालिका ८ स्थित सोल्टी बजारमा शाखा कार्यालय खोल्ने सहमती भएको बागमती नगरपालिकाकी उप प्रमसुख लिला कुमारी मोक्तानले जानकारी दिईन् ।
उनका अनुसार सर्लाहीको क्षेत्र नम्बर ३ प्रदेश सभा (क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशबाह,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,बागमती नगरपालिका ८ का वडा अध्यक्ष,कुमारी बैँक ली.बागमतीका प्रतिनिधि लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा भएको छलफलबाट बैकको शाखा कार्यालय सञ्चालन गर्ने सहमती भएको हो ।

सोल्टी बजारमा प्रहरी चेकजाँच पोष्ट पहिला देखि नै रहेको छ । भने बजार भएकाले सो क्षेत्रका स्थानीयलाई बैँकीङ्ग कारोबारका लागि बरहथवा तथा बागमती निस्कुन पर्ने अवस्थाको रहेको र सो समस्यालाई मध्य नजर गर्दै कुमारी बैक ली.को शाखा कार्यालय सञ्चालन गर्ने तयारी गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।

सम्बन्धित समाचार