Close This

फ्रि वाई फाईसहितको रिफ्रेस सेन्टर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१२ गते   ३१७ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्र्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रिफ्रेस सेन्टर राखिएको छ । लालबन्दी नगरपालिकाका सबै वडाहरुमा प्रधानमन्त्री स्वारोजगार कार्यक्रमको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्जवल  कुमार कार्कीको विशेष पहलमा रिफ्रेस सेन्टर राखीएको हो ।
लामो दुरीका सवारी साधन, सवारी साधनका चालकहरु र यात्रुहरुका लागि आराम गर्न सहज होस भन्नका लागि रिफ्रेस सेन्टर राखिएको वडा अध्यक्ष कार्कीले बताउनु भयो । रिफ्रेस सेन्टरमा सरकारको सार्वजनिक स्थानमा निःशुल्क ईन्टरनेट सेवा  जडान गर्ने योजनालाई साथ दिदैं निःशुल्क ईन्टरनेट सेवा  समेत सुरु गरिएको छ । 
केन्द्र सरकारले सार्वजनीक स्थानहरुमा निःशुल्क ईन्टरनेट सेवा  सुरु गर्ने लक्ष्य अघिसारेपछि लालबन्दी नगरपालिका वडा नम्बर ६ ले आफ्नो वडा भित्रका विभिन्न ४ सार्वजनीक स्थानहरुमा  निःशुल्क ईन्टरनेट सेवा  सुरु गरेको हो । वडा कार्यालयले पुर्व पश्चीम राजमार्ग अन्र्तगत जनवादी चोक,शिवमन्दीर,लेकाली चौर र राधाकृष्ण खेल मैदानमा निःशुल्क ईन्टरनेट सेवा  सुरु गरेको हो । बेरोजगार युवाहरु फुर्सदिला हुँदा विभिन्न अनैतिक क्रियाकलापमा लाग्ने भएका कारण निःशुल्क ईन्टरनेट सेवाबाट अमानविय तथा अनैतिक क्रियाकलाप घट्ने उद्देश्यका साथ निःशुल्क ईन्टरनेट सेवा  सुरु गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष कार्कीले बताउनु भयो । आजको युग सुचना र प्रविधिको युग भएका कारण पनि युग अनुकुल सुहाउँदो प्रविधिको प्रयोग गर्न सकेमात्र व्यक्ति समाज र राष्ट्रको विकास हुने भएकाले पनि प्रविधिको प्रयोगमा युवा तथा नगरबासीलाई सहजताका लागि निःशुल्क ईन्टरनेट सेवा  सुरु गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । रिफ्रेस सेन्टरमा सुविधा सम्पन्न शौचालय र शुद्ध पिउँने पानीको समेत व्यावस्था गरिएको छ ।
रिफ्रेस सेन्टरमा आराम गर्दा, लगायत गाडी कुरेर बस्दाको पट्यार लाग्दो समयमा निःशुल्क ईन्टरनेट सेवाको प्रयोगले केही राहत महसुस हुने भएका कारण पनि चोकहरुमा र रिफ्रेस सेन्टरलाई पहिलो प्राथमिकता दिएर निःशुल्क ईन्टरनेट सेवा  जडान गरिएको उहाँले बताउनु भयो ।
सुविसु कम्पनीको ईन्टरनेट वडा कार्यालयको पहलमा कुल रु ६० हजार लागतमा २४ सैँ घण्टा चलाउन मिल्ने ३० ःद्यएक् क्षमता भएको अनलिमिटेड निःशुल्क ईन्टरनेट सेवा  सुरु गरिएको हो । जिल्लाका केही स्थानमा निःशुल्क ईन्टरनेट सेवा  सुरु गरिएको भएपनि ति स्थानबाट गुणस्तरीय सेवा प्रवाह हुन नसकेको गुनासो आई रहेको छ  । यद्यपि निःशुल्क ईन्टरनेट सेवा बाट स्थानिय लाभान्वीत हुनेछन । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech