सर्लाहीको लालबन्दी नगरपालिका–६ की दुवै मृगौला फेल भएकी सपना तामाङ(सुनुवार)लाई आर्थिक सहयोग गर्न अभियान सञ्चालन गरिने भएको छ।दुवै मृगौला फेल भई जीवन र मृत्युबीच संघर्ष गरि रहेकी सपनाको कमजोर आर्थिक अवस्थाका कारण नियमित उपचार र डायलाइसिसको खर्च जुटाउन समस्या परेपछि स्थानीय युवाहरुले अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।
तीन सन्तानकी आमा समेत रहेकी सपनालाई मानवता,करुणा र सहानुभूतिका साथ हातेमालो गर्दै उनलाई नयाँ जीवन दिने अभियान सुरु गर्न लागिएको लालबन्दीका युवा ठाकुर प्रसाद बख्रेल(मनोज)ले बताए।हाम्रो सानो सहयोगले सपनाको ज्यान बचाउन सकिन्छ भने किन सहयोग नगर्ने बख्रेलले भने।सपना तामाङ सुनुवार उपचार सहयोग अभियान नाम दिएर मिनु लामाको अगुवाईमा अभिायन सञ्चालन गर्न लागिएको हो ।