Close This

करिब २ लाख बराबरकाे अवैध सामान बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२६ गते   १३०३ पटक हेरिएको


सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित पुर्व पश्चिम लाेकमार्गबाट प्रहरीले ठुलाे मात्रामा भन्सार छलिकाे सामान बरामद् गरेकाे छ । 
लालबन्दी नगरपालिका १ स्थित पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत लखनदेही  पुल नजिकबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टाेलीले ठुलाे मात्रामा भन्सार छलिकाे सामान बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
प्रहरीले  धनुषाको जटही नाकाबाट काठमाडौंका लागि छुटेकाे ना ८ ख १८०८  नम्बरकाे यात्रीबसबाट १२ टिन घ्युउ,२ बाेरा पाउडर दूध र ३० किलाे सुर्ती बरामद् गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले  जानकारी दिए । उनका अनुसार १५ किलाेका दरले १२ कार्टुन घ्यु,२५ किलाेका दरले २ बाेरा पाउडर दुध र ३० किलाे सुर्ती गरि कुल करिब रु २ लाख बराबरकाे अवैध सामान बरामद् भएको हाे ।
१५ किलाेका दरले १२ कार्टुन घ्यु १ सय ८० किलाे घ्युकाे रु १ लाख ५३ हजार  ६ सय ,५० किलाे पाउडर दुधकाे रु ३६ हजार र ३० किलाे सुर्ति गरि करिब रु २ लाख बराबरकाे सामान बरामद् भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech