इन्दु शंकर चिनि उद्योगको प्रदुषण व्यावस्थापन हुने

3.7k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको इन्दु शंकर चिनि उद्योग लिमिटेडको प्रदुषण व्यावस्थापन हुने भएको छ  । उद्योगबाट निस्कने फोहोर र प्रदुषणका कारण आफुहरु समस्यामा परेको भन्दै पटकपटक अन्दोलन गरेपछि  उद्योग र हरिवन नगरपालिकाको ध्यानाकर्षण भएको हो । नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईको संयोजकत्वमा गठित अनुगमन समितिले बुधबार अनुगमन गरेको छ ।
अनुगमन समितिले उद्योगले आफ्नो उद्योगबाट निस्केको प्रदुषण व्यावस्थापन तथा फोहोर मैला व्यावस्थापनको काम के कति गरेको छ भन्दै नगर प्रमुख प्रसाइले स्थलगत अनुगमन गर्नुभएको उहाँका स्वकिय सचिव युवराज आर्चायले जानकारी दिनुभयो ।


अबको २ वर्ष भित्रमा उद्योगबाट निस्कने फोहोर तथा प्रदुषणको पुर्ण रुपमा व्यावस्थापन गर्दैै उद्योगबाट आजित बनेका सो क्षेत्रका स्थानियबासीलाई राहत पुग्ने नगर प्रमुख प्रसाईले बताउनुभयो । नगर प्रमुख प्रसाईका अनुसारउद्योगले आफ्नै लगानीमा उद्योगबाट निस्कने फोहोर तथा प्रदुषणको व्यावस्थापन गर्ने छ ।
स्थानियबासीले पटकपटक उद्योगबाट निस्केकोे फोहोर तथा प्रदुषणको प्रत्यक्ष मारमा आफुहरु परेको भन्दै स्थानिय सरकार र चिनि उद्योगको ध्यानाकर्षण गराएका थिए । भने उद्योगले पनि व्यावस्थापनको काम गर्ने तयारी गरेको नगर प्रमुख प्रसाईले बताउनु भयो। 

सम्बन्धित समाचार