ट्याक्टरकाे ठक्करबाट एक किशाेरीकाे ज्यान गयाे

163 Shares

सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित नेपाल बैंक चोक अगाडी ट्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा घटनास्थल मै ज्यान गएकाे छ । मलंगवा नगरपालिका-८ स्थित नेपाल बैँक अगाडि नगरपालिका चोकबाट राजश्री चोक तर्फ जादै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिसा तर्फ गई रहेकी पैदल यात्री गोडैता नगरपालिका- ५ की अन्दाजी बर्ष २३ की गुरीया कुमारीलाई ठक्कर दिँदा घटनास्थल मै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक गोडैता नगरपालिका-११ का अन्दाजी १७ वर्षका अजय साहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा राखेकाे छ ।

सम्बन्धित समाचार