ओलीको तानाशाही समाप्त नभएसम्म आन्दोलन जारी रहन्छः देव गुरुङ

पत्र पत्रिका    प्रकाशित: २०७७-१०-२८ गते   १६६९ पटक हेरिएको

आन्दोलनमा सहभागी भएको र्यालीको फोटो नेकपा नेता योगेस भट्टराईको फेशबुकवालबाट

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिगमनको विरुद्धमा आन्दोलन भइरहेको बताउनु भएको छ । ‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ’ उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधान मिचेर निर्वाचन गराउन लागेको दावी गर्दै उनले राष्ट्रिय पञ्चयतजतिको पनि अधिकार नरहेका प्रधानमन्त्रीले प्रतिगमनका लागि विभिन्न क्रियाकलाप गरिरहेको आरोप लगाउनु भयो ।  जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उहाँले बताउनु भएको छ । रातोपार्टीबाट

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech