सिन्धुलीको कमलामाई नगरपालिका–९,स्थित ट्राफिक चेक पोस्ट,भिमान बसपार्क क्षेत्रमा नियमित जाँच गर्ने क्रममा अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा ओसार पसार गर्ने पाँच वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।कमलामाई नगरपालिका–९ स्थित ट्राफिक चेक पोस्ट,भिमान बसपार्क क्षेत्रमा नियमित सवारी ासधन चेकजाँच गर्ने क्रममा अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा ओसार पसार गरेका पाँच वटा टिपरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि कमलामाई नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि नगरपालिका पठाएका ती पाँच वटा टिपरलाई नगरपालिकाले रु एक लाख ५० हजार जरिवाना गरेका छ ।
प्रहरी टोलीले दुधौली क्षेत्रबाट ढुंगा लोड गरी आउँदै गरेका बा.प्र.०३–००१ क ०६९६, बा.प्र.०३–००१ क ७८३, बा.प्र.३–००१ क ०६८८, बा.प्र.३–००१ क ०७८२ र बा.प्र.३–००१ क ०७८० नम्बरका टिपरलाई रोकी चेकजाँच गर्दा नदीजन्य पदार्थ ढुवानीका लागि आवश्यक स्टक प्रमाणित कागजपत्र साथमा नरहेको पाइएको थियो।कागजात विहीन अवस्थामा ढुंगा ओसार पसार गरिरहेका सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलीमा पठाइएको थियो ।
उक्त पाँचवटै टिपरमाथि नगरपालिकाको कार्यालय सिन्धुलीबाट प्रचलित नियमअनुसार कारबाही गर्दै रु एक लाख ५० हजार जरिवाना गरिएको कमलामाई नगरपालिकाको कार्यालयले जनाएको छ ।नदीजन्य पदार्थको अवैध उत्खनन् तथा ओसार पसार नियन्त्रण गर्न प्रहरीले जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी र चेकजाँचलाई निरन्तरता दिइरहेको छ । कमलामाई नदी क्षेत्रबाट दैनिक दर्जनौँ टिपरहरु नदीजन्य पदार्थ ढुंगा बोकेर मदन भण्डारी राजमार्ग हुँदै वि.पी राजमार्गबाट बर्दिवास तर्फ आउने गरेका भएपनि प्रहरीको ध्यान नपुग्ने गरेको स्थानीयस्तरबाट व्यापक गुनासो आएको थियो ।