Close This

इश्वरपुरका ४ वटा बर्थिङ सेन्टरलाई करिब ५ लाखको स्वास्थ्य सामग्री प्राप्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-७ गते   ९३१ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिकाका चार वटा स्वास्थ्य चौकीमा रहेका बर्थिङ सेन्टरलाई करिब रु पाँच लाखको स्वास्थ्य सामग्र्री प्राप्त भएको छ । ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नद्धारा संचालित समुन्नति परियोजना अन्तर्गत चार वटा बर्थिङ सेन्टरलाई रु पाँच लाख आठ हजार नौ सय १६ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
ईश्वरपुर नगरपालिका ३ भक्तिपुर, वडा नं. ४ सागरनाथ,वडा नं. ६ ईश्वरपुर र वडा नं. १४ गौरीशंकरमा रहेका बर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री प्राप्त भएको नगरप्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
केहि दिनपछि इश्वरपुर नगरपालिका १२ कालिन्जोरमा रहेको बर्थिङ सेन्टरलाई पनि स्वास्थ्य सामग्री प्रदान गरिने ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ । यसैबीच, शुक्रबार ईश्वरपुर नगरपालिका १, २ र ३ मा एक सय १५ जना गर्भवती महिलालाई पौष्टिक आहारसँगै दैनिक उपभोग्य सामग्रीहरु रहेको हाइजेनिक किट प्रदान गरिएको संस्थाले जनाएको छ ।
नगर प्रमुख आचार्य,ग्रामीण नारी उत्थान संघ हरिपुरकी अध्यक्ष गोमादेवी न्यौपानेलगायतको विषेश उपस्थितीमा पौष्टिक आहार र हाइजेनिक किट वितरण गरिएको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech