Close This

नेपालमा कोरोना संक्रमितको संख्या ६८१,कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु

पत्र पत्रिका    प्रकाशित: २०७७-२-१२ गते   २५० पटक हेरिएको


नेपालमा थप ६  जनामा कोरोनाको संक्रमण देखिएको छ । नियमित रुपमा आयोजना हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस मिटमार्फत मन्त्रालयको तर्फबाट प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६८१ पुगेको छ ।
उनकाअनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १११ जना पुगेको छ । देशभरि २० प्रयोगशालामा पिसिआर परीक्षण भैरहेको छ । देशभर मृत्यु हुनेको संख्या ४ पुगेको छ।त्यसैगरी कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

बाराको करैयामाई गाउँपालिका(७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो ।

नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसक्रममा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech