सर्लाहीको बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा रु १८ करोड भन्दा बढीमा निर्माण सुरु भएको व्यवस्थित आर्यघाट निर्माण अन्तीम चरणमा पुगेको छ।दाह संस्कार गर्ने ठाउँ राम्रो नभएको र जथाभावी दाह संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले २०७९ चैत्र २२ बाट सुविधा सम्पन्न आर्यघाट निर्माण सुरु गरेको थियो ।
संघीय सरकार,प्रदेश सरकार र बागमती नगरपालिकाको आन्तरिक स्रोतबाट गरी १८ करोड १४ लाख २९ हजार अन्ठाउन्न रुपैँया ४१ पैसामा पृथ्वी इन्जिनियर्स एण्ड विल्डर्स प्रा.लि.ले २०७९ चैत्र २२ बाट निर्माण सुरु गरेको व्यवस्थित आर्यघाट अन्तीम चरणमा पुगेको जीवन रानाभाटले बताए ।
२०८१ असोज २१ मा आर्यघाट निर्माण सक्ने गरी सम्झौता भएको भएपनि निर्माण सामाग्रीको मूल्य बृद्धिका साथै धेरै किसिमका संरचनाहरु निर्माण गर्नु पर्ने भएकाले पुन २०८३ असोज मसान्त सम्मको म्याद थप भएको बागमती नगरपालिकाका इन्जिनियर सुशान्त अधिकारीले जानकारी दिए।उनका अनुसार निर्माण कम्पनीले तिब्रगतिमा काम गरि रहेको र हाल सम्म करिब ८० प्रतिशत काम सकिएको छ ।
आर्यघाटमा क्रियापुत्री बस्ने स्थल,पितृ प्रसाद पकाउने र ग्रहण गर्ने ठाउँ,महादेवको मूर्तिसहितको मन्दिर र फूलबारीलगायत अन्य संरचना निर्माण भई रहेको बागमती नगरपालिकाका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले बताए।उनका अनुसार बागमती,हरिवन,लालबन्दी,ईश्वरपुर र बरहथवा लगायत पालिकाबाट पार्थिव शरीर अन्तिम संस्कारका लागि बागमतीमा निर्माण हुँदै गरेको व्यवस्थित आर्यघाटमा पु¥याउने अपेक्षा गरिएको छ।हरिवन नगरपालिका–९ का १०२ वर्षीय बबरजंग थापाको हातबाट व्यवस्थित आर्यघाटको शिलान्यास गरिएको थियो ।