धनुषाको ढल्केबरमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले आफ्नो निजी घर बनाउन गणकै प्रहरी र गणको नेपाल प्रहरीको सवारी साधनको प्रयोग गर्ने गरेका पाइएको छ।धनुषाको मिथिला नगरपालिका–१०लालगढमा नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीले आफ्नो घर निर्माण गर्ने छन् भने त्यहाँ गणकै प्रहरी र गणको नेपाल प्रहरीलाई मजदुरका रूपमा र गणकै सवारी साधनको प्रयोग गर्ने गरेका पाइएको हो भने घर बनाउन आवश्यक पर्ने निर्माण सामाग्री पनि गणकै नेपाल प्रहरीको सवारी साधनमा ओसार पसार गर्ने गरेका पाइएको हो ।

निर्माण सामग्री घामपानीले नबिग्रुन भनेर घर बनिरहेकै छेउमा टेन्ट बनाएर त्यहाँ राखिएको छ।त्यो टेन्ट पनि गणकै सामग्री प्रयोग गरी बनाइएको स्रोतको दाबी छ।स्रोतका अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीले दैनिक ६ देखि ८ जनालाई बिहान र साँझ गरी ८ घन्टा आफ्नो घर बनाउने काममा लगाउने गरेका छन् ।
“नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीले पाँच जनालाई नियमित खटाइ रहेका छन्।अरु २÷३ जना जवानलाई पालैपालो परिवर्तन गरेर खटाउने गरेका छन् ।”नेपाल प्रहरी विशेष सुरक्षा गणका एक प्रहरी अधिकारीले बताए।“एसपी साबले भनेको कुरामा नाई भन्न सक्ने अवस्था पनि हुँदैन। प्रतिवाद गर्न सक्ने अवस्था छैन।”उनले भने ।
नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीले गणकै सवारी साधनमा घर निर्माण भई रहेको ठाउँमा प्रहरी लैजाने र ल्याउने गरिएको ती प्रहरीले बताए।“एसपी साबको आदेश भएपछि जस्तोसुकै काम गर्नुपर्छ।उहाँको नीजी घर बनाउन खटिने साथीहरुलाई पुरस्कृत गर्ने गरिएको छ।नमाने प्रहरी कर्माचारीहरुले विभिन्न पीडाहरु भोग्नुपर्छ,”उनले थपे।
नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीको घर निर्माणको काम भइरहेको केही तस्बिरहरु समेत हामीले फेला पारेको छौं।उक्त तस्बिरमा केही कामदारहरू घर बनाइरहेका छन्।तस्बिरमा देखिएका प्रहरी हुन् कि अन्य मजदुर हुन् भन्नेबारे हामीले गणकै ती प्रहरीलाई सोधेका छौं।उनले तस्बिरमा देखिएका केही कामदार प्रहरी नै भएको पुष्टि गरेका छन्।
उनका अनुसार घर निर्माणमा खटिने प्रहरी जवानहरू मुकेश यादव,अर्जुन गरूधामी,कपिलदेव यादव,प्रहरी कार्यालय सहयोगी रामदयाल राम र नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीको सुरक्षा गार्डसमेत रहेका प्रहरी सहायक हवलदाल वेदबहादुर राई रहेका छन् ।
ती सबै प्रहरी नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबरमा दरबन्दी रहेको प्रहरी अधिकारीहरु हुन नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्की आफैले पनि प्रहरी कर्मचारीहरुले घर निर्माणमा सघाइरहेको स्वीकार गरेका छन्।“कहिलेकाहीँ म गएको बेला उनीहरूले काम गरेको हो।प्रहरीकै रिफ्रेश सेन्टरको काम पनि लालगढ नजिकै पर्छ।त्यहाँबाट जाँदा कहिलेकाहीँ गर्थे,” नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीले भने।
नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीले गणका लागि भनेर वन कार्यालयहरुबाट काठ मगाउने र आफ्नो घर बनाउन लैजाने गरेका समेत पाइएको छ ।हामीले हाकिमले आफ्नो घर बनाउन मातहतको प्रहरी परिचालन गर्न पाउँछ श्र भन्ने हाम्रो प्रश्नमा व्यक्तिगत काममा प्रहरी र सरकारी सवारी साधान प्रयोग गर्न नमिल्ने मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी यज्ञ विनोद पोख्रेलले बताए ।
नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कार्कीले आफ्नो घर बनाउन प्रहरी परिचालन गरेको भन्ने विषय आफ्नो जानकारीमा नभएको पनि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी पोख्रेलले बताए ।उनले“त्यसो गर्न मिल्दैन।के रहेछ म बुझ्छु।त्यसो गरेको हो भने कारबाही हुन्छ,”बताए ।उनी जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक हुँदा प्रहरी आचरण विपरितका काम गरेका भन्दै कार्बाही स्वरुप नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबर पठाइएका प्रहरी अधिकारी हुन ।