आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहाल(राजन) सिन्धुलीको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भएको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्डा)ले बताए ।नेकपा सिन्धुलीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सिन्धुली आइपुगेका नेकपाका संयोजक दाहालले राजन अब सिन्धुलीको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नेता भइसकेका भन्दै उनको प्रशांसा गरे ।
राजनले संसद हुँदा सदनमा उठाएका विषय,जिल्लामा आम नागरीकका विचमा गरेका सेवा र समृद्ध सिन्धुली निर्माणको लागी गरेका पहल कदमीले जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको समेत नेकपाका संयोजक दाहालले बताए ।राजन सिन्धुलीको विकास, समृद्धि, सुशासनका साथै आम नागरीकको हितमा काम गर्ने नेता भएकाले आगामी निर्वाचनमा नेकपाको चुनाव चिन्ह तारमा मतदान गरेर विजयी गराउँन समेत नेकपाका संयोजक दाहालले सिन्धुलीबासीसंग आग्रह गरे ।
“सिन्धुलीमा पार्टीमा केही समस्या आएको भन्ने बाहिर देखिन्छ तर, भित्र सबै एक ढिक्का छन् । सिन्धुली कम्युनिष्ट आन्दोलनले बनाएको लाल किल्ला हो।यस पटक पनि जिल्लाका दुबै क्षेत्रमा नेकपाका उमेदवारलाई विजयी गराएर पठाउनुहोस।”नेकपाका संयोजक दाहालले बताए ।
अहिलेको निर्वाचन पहिलाको भन्दा निक्कै फरक र विशिष्ठ परिस्थीमा हुन गएको बताउँँदै पार्टी भित्र केही कमिकमजोरी हुन सक्छन त्यसलाई विर्सेर यस महान अवस्थामा सबै नेता कार्यकर्ता एक ढिक्का भएर पार्टी र आफ्नो उमेदवारलाई विजयी गराउन लाग्नु पर्ने नेकपाका संयोजक दाहालले बताए ।
पार्टीका उमेद्वारहरुको केही आचरण र स्वभावमा कमी कमजोरी भए उम्मेद्वार स्वयम,पार्टीका नेता कार्यकर्ता र नेतृत्वले समेत आत्मआलोचना सहित सुधार गर्नु पर्ने बताउँदै संयोजक दाहालले निर्वाचनमा भने कुनैपनि बहानामा पार्टीका उम्मेद्वारलाई असहयोग गर्नु भनेको लोकतन्त्र हार्ने अवस्था आउँने समेत बताए।आगामी फागुन २१ गते हुने निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा नेकपाको तर्फबाट डेकेन्द्र प्रसाद सुवेदी र सिन्धुली क्षेत्र नम्बर २ मा लेखनाथ दाहाल(राजन)चुनावी मैदानमा छन्।क्षेत्र नम्बर २ मा राजनको उम्मेदवारी अस्वीकार गर्दै नेकपाका अर्का नेता महेश्वर दाहालले पनि उम्मेदवारी दिएका थिए।त्यसपछि उक्त कार्यमा संग्लग्न रहेका भन्दै नेकपाका नेता एवम निवर्तमान मन्त्री हरिबोल गजुरेल र बागी उम्मेदवारी दिएका महेश्वरलाई नेकपाले कार्बाही समेत गरेको छ ।
नेकपाका संयोजक दाहालसंग सह संयोजक एवम निवर्तमान प्रधानमन्त्री माधव कुमार नेपाल पनि सिन्धुली आएका थिए।नेकपा सिन्धुलीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन सिन्धुली आइपुगेका नेकपाका सह संयोजक नेपालले जिल्लाका दुबै क्षेत्रका उम्मेदवारलाई अत्याधिक मत दिएर विजयी गराउँन सबै नेता कार्यकर्ता तथा शुचिन्तकहरुमा आग्रह गरे।बागी उम्मेदवार महेश्वरले पनि आफ्नो चुनावी गतिविधि तिब्र पारेका छन् ।