Close This

च्याउ खेतीबाट मासिक रु एक करोड कारोबार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२३ गते   ३६४ पटक हेरिएको

शंखर पहाडी(गौरब)
केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता,असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ ।
सर्लाहीको बागमती नगरपालिका १० का ध्रुव चौलागाईले अहिले करिब ३९ वर्ष हुनुभयो । विभिन्न समयमा पटक पटक गरि कतार रबहराईनमा गरि करिब १० वर्ष विताउनु भएका चौलागाईको अहिले करिब रु ११ करोडको लागतमा च्याउ फर्म छ । विदेशको बसाई पटक पटक भएपनि फेरी जाने तयारी गर्नु भएका चौलागाईलाई एक दिन मधेशका जिल्लाहरुबाट टमाटर,गोलभेँडा र च्याउ काठमाण्डौँसम्म पुर्याउने र बिक्रि गर्ने रहर जाग्यो । त्यपछि अरुले उत्पादन गरेको टमाटर,गोलभेँडा र च्याउ काठमाण्डौँसम्म पुर्याउने काम चौलागाईको सुरु भयो ।
घरपरिवार र छिमेकीले त्यो काम गर्नु भन्दा विदेश गएर धन कमाउन सुझाव दिए । तर उहाँ टमाटर,गोलभेँडा र च्याउ काठमाण्डौँसम्म काममा लागि रहनुभयो । त्यसपछि च्याउ खेती कसरी गर्न सकिन्छ भन्ने जिज्ञासा चौलागाईमा जाग्यो । उहाँले टमाटर,गोलभेँडा र च्याउ काठमाण्डौँसम्म पुर्याउँने गर्दा केहीकुरा सिकि सक्नु भएको थियो । पछि उहाँ रु एक लाख लगानी गरेर च्याउ उत्पादनमा लाग्नुभयो ।
करिब १० वर्ष पहिला आफूमात्र अघि सरेर च्याउ उत्पादनमा लाग्नु भएका चौलागाईले अहिले आफ्नो परिवार बाहिरका १७ जनालाई रोजगारी दिनु भएको छ । सुरुमा रु एक लाख लगानी गरेर एक सय ५० पोका च्याउबाट यस पेशामा प्रवेश गर्नु भएका चौलागाईको अहिले करिब रु ११ करोडको लागतमा मधेश प्रदेश कै सर्वाेत्कृष्ठ च्याउ उत्पादन गर्ने फर्म भएको छ ।
सुरुमा गरेको सानो लगानीको प्रतिफल राम्रो भएपनि उहाँलाई विदेशजाने रहरले छाड्न भने सकेको थिएन् । २०७२ साल तिरको कुरा हो हालको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा चौलागाईको घरमा घुम्दै पुगेर कति विदेश जान्छस यतै केही गर भन्ने सल्लाह दिएपछि हौसियका चौलागाईले बागमती नगरपालिका १० मा करिब एक बिघा जमिन खरिद गर्नुभयो र व्यावसायीक रुपमा च्याउ उत्पादनमा लाग्नुभयो । चौलागाईले ध्रुव कृषि फर्म प्रा.लि नामक फर्म दर्तागरेर बागमती नगरपालिका १० मा आफ्नो च्याउ खेती सुरु गर्नुभयो ।
आफुले ऋण गरेर खरिद गरेको करिब एक बिघा जमिनमा अहिले ठुला ८ वटा कोठामा च्याउ उत्पादन भई रहेको छ । फर्ममा उत्पादन भएको च्याउ थोक बजारमा बिक्रि गरेर वार्षिक रु १० करोडको कारोवार गर्न थाल्नुभएका चौलागाईलाई अहिले आफ्ना छोरा र श्रीमतीको पनि राम्रो साथ रहेको छ ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस र फर्ममा विद्युत सर्ट भईभएको आगलागीको पीडामा रहनु भएका चौलागाईको अहिले करिब रु नौ करोड ऋण पनि छ । कक्षा १२ सम्मको अध्यायन गर्नुभएका चौलागाई बिहानदेखि राती सम्म फर्ममा आफ्ना कर्माचारीहरुसंगै खटिनुहुन्छ ।
करिब १० वर्ष पहिलादेखि फर्म निर्माणमा लाग्नु भएका चौलागाईको अहिले पनि फर्म थप्ने लगायतको काम भई रहेको छ । फर्म निर्माण र च्याउ उत्पादनसंगै सुरु गर्नुभएका उहाँले च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक रु एक करोडको कारोबार गर्नुहुन्छ ।“च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन,मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ,बजारमा अस्वस्थ  प्रतिस्पर्धाछ ”, उहाँ भन्नुहुन्छ, “वर्षभरलाई औसतमा हेर्दा मासिक रु एक करोडको कारोबार भएको देखिने उहाँलेबताउनु भयो । कारोबार भएको रकम च्याउ खेतीमै लगानी गरेको उहाँको भनाई छ । फार्ममा कन्या र गोब्रे च्याउ उत्पादन भई रहेको छ भने  कन्या,गोब्रे,सिताके,ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भई रहेको छ ।
मौसममा दैनिक १० क्विन्टल च्याउ उत्पादन हुने र उत्पादन भएको च्याउ स्थानीय बजारका अलावा मकवानपुर,चितवन र काठमाण्डौँ लगायतका बजारमा पुग्ने गरेको चौलागाईको भनाई छ । आफुले अत्याधुनिक प्रविधिबाट च्याउ उत्पादन गरेका कारण बार्हैमास बजारमा आफ्नो च्याउ पुग्ने गरेको उहाँको भनाई छ ।फर्मकै च्याउ ढुवानी गर्ने सवारी साधनबाट बजारमा पुर्याउने र थोक व्यापरीलाई प्रति किलो रु तीन सय ५० का दरले बिक्रिगर्ने गरेको चौलागाईले बताउनु भयो । च्याउ उत्पादन गर्न बार्षिक रु एक करोडको पराल र रु एक करोडको गंहुको भुस खरिद गर्नुपर्ने चौलागाईले बताउनुभयो ।
सात जनालाई आवासीय रोजगार
प्राविधिक ज्ञानमा आफैँ पोख्त भई सक्नुभएका चौलागाईले प्राविधिक शिक्षा तथा व्यावासयीक तालिम परिषद्बाट तालिम लिएका तनहुका दुई जना र बुटवलका पाँच जनालाई नेपाल सरकारले तोकेको  न्युनतम पारिश्रमिक भन्दा बढी नैदिएर राख्नु भएको छ ।फार्ममा सात जनालाई आवासीय सेवा सुविधासहित रोजगार दिनुभएको छ ।“आफ्नै ठाउँमा कामदार पाउन गाह्रो रहेछ,टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु”,उहाँले भन्नुभयो । आफुले स्थानीयलाई प्राथमिकता दिएपनि स्थानीय उत्पादित जनशक्ति अपेक्षा अनुरुप आफ्नो कर्ममा नआएका चौलागाईको भनाई छ ।
तनहु र बुटवलबाट आएका उनीहरुले सुविधाबाहेक मासिक रु १५ हजार देखि रु ५० हजार सम्म  पाउँछन् । फार्मको हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने लगायतका सबै काम गर्नुपर्छ । यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीयलाई पनि फर्ममा राख्नुभएको छ ।
विदेशको रस चाखि सक्नुभएका चौलागाई अहिले व्यावसायीक च्याउ खेतीमा लाग्नुभएको छ । आफूले प्राविधिकतर्फ कृषिमा अध्ययन नगरेभएपनि काम गरेर सिसिकेका कारण यसै पेशाबाट व्यवसायमा उन्मुख हुन्छु भन्ने सोच राखेको उहाँले सुनाउनुभयो ।“अबयति ठुलो लगानी लागिसक्यो,अहिले ऋणै गरेर भएपनि कमसेकम १७ जनालाई रोजगारी दिएको छु ।पारिवारीक साथ सहयोग पनि राम्रो छ”,उहाँ भन्नुहुन्छ, “अब च्याउ खेतीलाई व्यापकरुपमा विस्तार गर्दै लैजाने हो”, चौलागाईले भन्नुभयो । “दुई छोराहरु पढ्दै मलाई सहयोग गरिरहेका छन् श्रीमती,आमा र बुबा पनि खुसी हुनुहुन्छ । सबै जनाको सहयोग पाई रहेको छु ।”चौलागाईले बताउनुभयो ।
लगानीसँगै निगरानी,व्यवस्थापन,इमानदारिता र सक्रियता भएमा मात्र कृषि र पशुपालनमा सफलता प्राप्त गर्न सकिने उहाँको भनाइ छ । “मलाई सुरुमा आफ्नैले विश्वास गर्नुभएन, तर म केही गरेर देखाउँछु भनेर अघि बढेँ”,उहाँ भन्नुहुन्छ,“विश्वास त कर्मसँग हुनुपर्छ”, उहाँले भन्नुभयो । आफूजस्ता हजारौँ युवा खाडीमुलुक गएको प्रति चासो देखाउँदै चौलागाईले बाध्यताले विदेश जान नपर्ने बताउनुभयो ।
च्याउ खपतको बजारीकरणमा कुनै समस्या नरहेपनि सहजताको हिसाबले चुनौती छ । उत्पादनलाई काठमाण्डौसम्म पु¥याउन आफ्नै सवारीसाधनमा ढुवानीमा गर्नपनि बढी खर्च हुने गरेको उहाँको अनुभव छ ।बजारीकरणलाई सहज बनाउँदै च्याउ खेतीलाई दोब्बरले बढाएर दीर्घकालीन समयसम्मै गरिरहने चौलागाईको अठोट छ । यसलाई अझै विस्तार गर्ने र बजारीकरणमा पनि सहज बनाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।यति ठुलो लगानी गरेर आफु व्यावसायीकरुपमा कृषि कर्ममा लागेको भएपनि स्थानीय,प्रदेश र केन्द्र सरकारबाट कुनै किसिमको सहयोग नपाएको बताउनुभयो ।“सुरुमा बागमती नगरपालिकाले रु १० लाख अनुदान दिएको र त्यसपछि कहिकतैबाट आफुले  सहयोग नपाएको चौलागाईको भनाई छ ।साथै उहाँले सरकारको अनुदान झोले फर्महरुले लिने हो आफुत व्यावसायीक रुपमा कषिकर्ममा लागेको छु ठुलो लगानी गरेको छु ।अनुदानको आश गर्दा आफ्नो व्यावसाय चोपट हुन्छ । क्षणिक लाभ लिनेहरुले अनदानुको आश गर्छन् । अनुदानको आशमा खोलिएका फर्महरु अनुदान पाएपछि हराउछन् । मलाई अनुदानको कुनै आश छैन। ” चौलागाईले बताउनु भयो । उहाँले अनुदान नपाएको गुनासो नरहेपनि झोले फर्महरुले कुषि फर्मको नाममा अनुदान पाउनु दुःखको कुरा रहेको बताउनु भयो ।
बागमती नगरपालिका १० मै स्थायी घर भएका चौलागाई आफ्नो घर नगएको करिब चार महिना भयो । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म फार्ममा मजदुरहरुसंग र रातमा पनि आफैँ खट्ने चौलागाईको मेहनतका कारण व्यवसायले सफलता पाउँदै गएकोमा ढुक्क हुनुहुन्छ ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा पनिसमय समयमा फर्ममा पुगेर चौलागाईलाई हौसला प्रदान गर्नुहुन्छ । सानै देखिको साथी नगर प्रमुख थापाले आफुलाई भेट्दा ठुला योजना बनाउने हौसला प्रदान गर्ने गर्नु भएको चौलागाईले बताउनु भयो । नगर प्रमुख थापा आफुलाई भेट्न आउँदा उत्पादन र उत्पादीत बस्तुको बजारको विषयमा बढी चासो देखाउने गर्नु भएको चौलागाईले बताउनु भयो ।
स्थानीयलाई प्राथमिकता दिदा रु दुई करोड खर्च
फर्ममा स्थानीय उत्पादीत जनशक्तिलाई रोजगारी दिन खोज्दा आफ्नो फर्मको रु दुई करोड खर्च भएको  चौलागाईको भनाई छ । “नगरका विभिन्न विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम लागु भएको र यहाँ उत्पादित जनशक्तिलाई रोजगारी दिने क्रममा लार्पबाही भएका कारण फर्म रु दुई करोड ऋणमा डुब्यो । ” चौलागाईले बताउनुभयो । स्थानीयलाई रोजागरी दिने भनेर काममा राख्दा अटेरी गर्ने,सिक्न नखोज्ने गर्दा आफ्नो फर्मको रु दुई करोड क्षेती भएको चौलागाईको भनाई छ । नगरपालिकाले पनि स्थानीयलाई रोजगारी पहिलो प्राथमिकतामा राखेको भएपनि तालिम समेत दिँदा पनि आफैँ मालिक झैँ गरेर अटेरी गर्दा आफुले बाहिरबाट मजदुर ल्याएर आवासीयसहितको सेवा सुविधा दिनुपर्दा आफुलाई आर्थिकभार परेको उहाँको भनाई छ ।
विचौलियाका कारण समस्या
कृषकले धेरै मेहनत गरेर उत्पादन गरेको कृषिजन्य वस्तु बजारमा पुर्याउँदा विचौलियाको फन्दा फस्नु पर्दा आफुले उत्पादन गरेको बस्तुको लगानी अनुसारको मुल्य पाउन समस्या हुने गरेको चौलागाईको भनाई छ । उत्पादित वस्तु बजारमा पुर्यायो व्यापारीलाई भेट्नै नदिई विचौलियाले सबै अस्त्र प्रयोग गरेर कृषकहरुसंग कृषिजन्यवस्तु लिँला आफुहरुको लगानी समेत उठ्ने अवस्था नरहेको उहाँको भनाई छ । यसकासाथै स्थानीय तहहरुले लगाउने ठेक्कामा दोहोरा कर समेत तिर्नु परेकोउहाँले गुनासो गर्नु भयो । उहाँले नेपाली बजारमा भारतिय कृषिजन्य उत्पादन विनारोकटोक भित्रदा आफुहरुको उत्पादनले बजार नपाउने र बजार पाएपनि सस्तोमा बिक्रि गर्नुपर्दा लगानी उठाउन पनि समस्या भएको बताउनुभयो । साथै उहाँले वास्तविक किसानहरुका लागि आएको अनुदान पनि किसानले नपाउने गरेका कारण अनुदान दिने व्यावस्था अन्त्य गर्नु पर्ने बताउनुभयो ।
कसरी बनाइन्छ च्याउ
च्याउको बीउ उत्पादनको लागि सुरुमा गहुँ पकाउने, शुद्धीकरण गर्ने, मेसिनमा राख्ने, सेटिङ हुन्छ यसलाई १० देखि १५ दिन राखेपछि बीउ तयार हुन्छ । बीउ उत्पादनको लागि छुट्टै ल्याब हुन्छ । च्याउ उत्पादनका लागि सुरुमा पराल काट्ने,सफा गर्ने,ड्रममा पकाउने,२४ घण्टा सेलाउने,त्यसपछि पराल र बीउ मिसाउने,प्लास्टिकमा भर्ने,भरेपछि २५ देखि ३५ दिन राख्ने र पोका चिरेर पानी दिन थाल्ने त्यसपछि च्याउ उत्पादन सुरु हुन्छ । चौलागाईले फार्म आगलागी नहुने र बाहिरबाट पानीपनि नपर्ने अत्याधुनिक मोडलमा बनाउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech