मगर दिवशकाे अवसरमा फागुन १५ गते हरिवनमा बृहत् साँस्कृतिक कार्यक्रम हुने

422 Shares

सर्लाहीको हरिवनमा ४२ औं मगर दिवशकाे अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।“मगर एकता आजको आवश्यकता'भन्ने मुलनाराका साथ फागुन १५ गते ४२ औं मगर दिवसकाे अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको नेपाल मगर युवा संघ सर्लाहीका अध्यक्ष कृष्ण पुलामी(कृश(ले जानकारी दिए ।

फागुन १५ गते ४२ औं मगर दिवस पर्ने र साेही दिन हरिवन नगरपालिका ११ स्थित सुर्ती विकास मैदानमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुकाे विशेष प्रस्तुति रहने कार्यक्रम संयाेजक कामना क्याप्छाकी मगरले जानकारी दिए ।

राष्ट्रिय कलाकारहरु ज्योति मगर,डान्सर नेसन सुस्लिङ मगर र लोक गायिका रचना राना मगर लगायतकाे विशेष प्रस्तुति रहने हरिवन नगरपालिका १० स्थित रहेकाे कृश जीकाे सेकुवामा आईतबार भएको पत्रकार सम्मेलनमा जानकारी गराईएकाे हाे ।

सम्बन्धित समाचार