Close This

सर्लाहीमा कोरोना संक्रमित ३७ थपिए,जम्मा संक्रमित १२२४

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-५ गते   ३१३ पटक हेरिएको

सर्लाहीमा शुक्रबार ६ वटा स्थानिय निकायमा कोरोना संक्रमित फेला परेका छन । जिल्लाका ६ वटा स्थानिय निकायमा ३७ जना कोरोना संक्रमितहरु थपिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
 पछिल्लो समय समुदाय स्तरमा कोरोना स.क्रमण फैलिन थालेपछि जिल्लामा कोरोना संक्रमित दिन दुई गुणा रात चार गुणाका दरले  बढ्न थालेका छन । शुक्रबार हरिवन,ईश्वरपुर, लालबन्दी,गोडैता नगरपािलका र  चन्द्रनगर तथा ब्रह्म्पुरी गाउँपालिकामा गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकु बाट आएको रिपोर्टमा हरिवनमा १३, ईश्वरपुरमा ३ जना, गोडैतामा २ जना र १ जना कुन स्थानिय निकायका हुन भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले बताउनु भयो ।
त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशाला,जनकपुरबाट १८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । १८ जना मध्ये सबैभन्दा बढि चन्द्रनगर गाउँपालिकामा १५ जना, ब्रह्म्पुरी गाउँपालिकामा १ जना, लालबन्दी नगरपालिकामा १ जना र स्थानिय निकाय खुल्न नसकेका १ जना गरी १८ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको जनस्वास्थ्य निरीक्षक झाले बताउनु भयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरको गरि जिल्लामा शुक्रबार ३७ जनामा कोरोना संक्रमित देखिएको हो । अब जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय २४ पुगेको छ भने कोरोना जितेर निको भई घर फर्किनेको  संख्या ७ सय ६३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech