आत्महत्या रोकथाम दिवसको अवसरमा लालबन्दीमा अन्र्तक्रिया कार्यक्रम

125 Shares

आज(मंगलबार)सेप्टेम्बर १० अर्थात विश्व आमहत्या रोकथाम दिवस “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौँ,दृष्टिकोण बदलौँ”भन्ने मूल नाराका साथ सर्लाही सहित देशैभरी मनाईएको छ ।हरेक वर्ष १० सेप्टेम्बरका दिन मनाईने विश्व आत्महत्या रोकथाम दिवस नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल सरकार गृह मन्त्रालय लगायतले विभिन्न कार्यक्रमहरु गरि दिवस मनाएका छन् ।
नेपालमा पछिल्ला वर्षहरुमा आत्महत्या गर्नेहरुको दरमा वृद्धि भइरहेको र आत्महत्या बृद्धि हुनुको कारण गंभिर रुपमा अध्यायन तथा अनुसन्धान गर्न आवश्यक रहेको सर्लाहीको लालबन्दी नगरपालिका ९ डुमडुमे स्थित रहेको लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले बताए।दिवसको अवसरमा लालबन्दी नगरपालिका ६ को सभा हलमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा डा.चौधरीले आत्महत्या पुर्ण रुपमा नियन्त्रण गर्न सकिने समस्या रहेका कारण सरोकारवाला गंभिर हुन आवश्यक रहेको बताए ।
सन् २०२३ मा नेपालमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकमा उल्लेख गरिएको छ ।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का अनुसार औसतमा विश्वभरमा प्रति दिन २५ जनाले आत्महत्या गर्ने गरेका र अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष आत्महत्या गर्नेहरुको दरमा वृद्धि भएको छ ।विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देशहरू मध्येको नेपालमा प्रति एक लाख व्यक्तिमा नौ जनाले आत्महत्या गर्ने गरेका विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जनाएको छ ।आत्म हत्याबाट सबैभन्दा बढी १५ देखि २९ वर्ष उमेर समुहका मानिसहरुले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकमा उल्लेख गरिएको छ ।
मानसिक स्वास्थ्य जस्तै  दुश्चिन्ता उदासीनता,डर,त्रास र अन्य मानसिक स्वास्थ्यमा आएका विचलन,विडम्बना,नेपालमा मानसिक स्वास्थ्य,आर्थिक कठिनाइ तथा तनाव,कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीले ग्रामीण तथा सहरी दुवै क्षेत्रमा थप आर्थिक संकट र दबाब,मादक पदार्थ वा लागु पदार्थको सेवन, मानवीय सम्बन्धमा दरार, वैवाहिक द्वन्द्व, घरेलु हिंसा र व्यक्तिगत समस्याहरू बढेका कारण आत्महत्याका घटनाहरु बढेका सरोकारवालाहरुको भनाई छ ।नेपालका सञ्चार माध्यामहरुले पनि आत्महत्याका घटनाहरुमा सम्वेदनसिल नभएका कारण आत्म हत्याका घटनाहरु बढेका भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।
आत्महत्या रोकथामका लागि सबै व्यक्ति,परिवार,समुदाय,सरकारी निकाय, गैर सरकारी संघ÷संस्था र अन्य सरोकालवालाहरूको बहुपक्षीय प्रयास अपरिहार्य रहेको कार्यक्रममा सहभागी सरोकारवालाहरुको भनाई छ ।सरकारले विशेष गरी ग्रामीण र सेवा नपुगेका क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकता दिनुपर्ने,मानसिक स्वास्थ्यसँग सम्बन्धित परामर्शदाता स्वयंसेवक र कर्मचारीको संख्या बढाउनु पर्ने र मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत रूपमा समावेश गरि लैजानु पर्ने सरोकारवालाहरुको माग छ ।
मानसिक स्वास्थ्य र आत्महत्यासँग सम्बन्धित सामाजिक अवहेलना विरुद्ध लड्न सचेतना,शिक्षा र जागरुकता महत्तपुर्ण हुने र त्यसका लागि सार्वजनिक अभियानहरूमार्फत मानसिक स्वास्थ्य साक्षरता प्रवद्र्धन गर्ने,मानिसलाई मद्दत खोज्न प्रोत्साहित गर्ने र मानसिक स्वास्थ्य समस्याहरू खुला रूपमा छलफल गर्न सकिने वातावरण सिर्जना गर्न सके केही हदसम्म आत्महत्याको जोखिम न्यूनीकरण गर्न सकिने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
संवेदनशील समूह वा जोखिममा रहेका व्यक्तिलाई परामर्श दिनका लागि सहायता समूह गठन गर्ने,उनीहरुका समस्यामा छलफल गरेर उनीहरुको आत्मबल बढाउन वा उनीहरुलाई जीवनको मूल्य बुझाउने,उनीहरुलाई तनाव तथा संकट कसरी व्यवस्थापन गर्ने भनी सिकाउने वा परामर्श दिने,परामर्शदाता स्वयंसेवक,कर्मचारी,स्वास्थ्यकर्मी र समुदायका अग्रज मानिसहरुलाई आत्महत्याका संकेत पहिचान गर्ने तालिम दिने र पहिचान भएका व्यक्तिलाई उचित व्यवहार गर्न सिकाउने लगायका काम गर्नु आवश्य रहेको लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले बताए ।उनले जोखिममा रहेका व्यक्तिलाई पहिचान गर्न र आवश्यक सहयोग प्रदानका लागि स्रोतहरूसँग जोड्न महत्तपुर्ण हुने भएकाले नगरपालिकाको स्वास्थ्य शाखाले स्थानीय प्रहरी प्रशासनसंगको सहकार्यमा नगरका हरेक वडामा समिति नै बनाउन थालेको समेत बताए ।
उनले सञ्चार माध्यमले आत्महत्याका बारेमा रिपोर्ट गर्दा उत्तरदायी भूमिका निर्वाह गर्नु,मुद्दालाई सनसनीपूर्ण बनाउन वा आत्महत्याको जोखिम निम्त्याउन सक्ने स्पष्ट विवरणहरू प्रदान गर्नबाट जोगिनका लागि सञ्चार आचारसंहिता जस्ता नैतिक दिशानिर्देश पालना गर्दै मानवीय संवेदनालाई समेत ख्याल गर्दा जिम्मेवारीपूर्ण रिपोर्टिङले समस्यालाई कम गराउन र जागरुकता बढाउन विशेष योगदान गर्ने समेत बताए ।

सम्बन्धित समाचार