लालबन्दीको न्यायिक समितिमा डेढ सय बढी उजुरी,जम्मा ३२ वटा उजुरी मात्रै फर्छयौट

288 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८१/०८२ मा एकब सय ५३ वटा उजुरी परेका छन्।आर्थिक वर्ष २०८१ साउन देखि २०८२ को असार सम्मको एक वर्षको अवधिमा लालबन्दी नगरपालिकाको न्यायिक समितिमा एक सय ५३ वटा उजुरीहरु परेका न्यायीक समिति सचिवालयले जनाएको  छ ।
स्थानीय तहहरुमा नगर उप प्रमुख/गाउँपालिकाका उपा अध्यक्ष न्यायिक समितिको संयोजक रहने व्यावस्था भए अनुसार लालबन्दी नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका एक सय ५३ वटा उजुरीहरु मध्य ३२ वटा उजुरी फर्छयौट भएका नगर उप प्रमुख एवम न्यायीक समिति संयोजक कल्पनामाया पाख्रिनले बताईन् ।
 उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा न्यायीक समितिका ८७ वटा बैठक बसेका छन् भने चार वटा उजुरी न्यायीक समितिले हेर्न नमिल्ने भएकाले सरोकारवाला निकायमा पठाईएको छ ।लालबन्दी नगरपालिका भित्र ८५ जना मेलमिलापकर्ताहरु रहेकामा ७५ जना मेलमिलापकर्ताहरु सक्रिय रहेका छन् भने १७ वटा वडा रहेको लालबन्दी नगरपालिकामा सबै भन्दा धेरै लालबन्दी नगरपालिका १ बाट २२ वटा उजुरी न्यायीक समितिमा दर्ता भएका छन् ।
लालबन्दी नगरपालिका १४ बाट कुनैपनि उजुरी न्यायीक समितिमा परेका छैनन् भने लालबन्दी नगरपालिका ५ वटा १८,लालबन्दी २ र ७ बाट समान १५/१५ वटा,लालबन्दी ६ वटा १३,लालबन्दी १० र १७ वटा समान १२÷१२,लालबन्दी ९ बाट ९ वटाका साथै लालबन्दी ३ र ४ बाट समान पाँच/पाँच,लालबन्दी ८ बाट छ वटा,लालबन्दी ११ बाट चार,लालबन्दी १२ बाट तीन,लालबन्दी १३ वटा एउटा र लालबन्दी १५ र १६ बाट समान दुई/दुई वटा उजुरी न्यायीक समितिमा दर्ता भएका छन् ।
लालबन्दी १ बाट २२ वटा उजुरी परेमाका एउटा,लालबन्दी २ बाट १५ वटा उजुरी परेमाका एउटा,लालबन्दी ३ बाट पाँच वटा उजुरी परेमाका एउटा,लालबन्दी ४ बाट पाँच वटा उजुरी परेमाका दुई वटा,लालबन्दी ५ बाट १८ वटा उजुरी परेमाका तीन वटा,लालबन्दी ६ बाट १३ वटा उजुरी परेमाका एउटा,लालबन्दी ७ बाट १५ वटा उजुरी परेमाका चार वटा,लालबन्दी ८ बाट छ वटा उजुरी परेमाका एउटा,लालबन्दी ९ बाट नौ वटा उजुरी परेमाका तीन वटा, लालबन्दी १० बाट १२ वटा उजुरी परेमाका दुई वटा,लालबन्दी ११ बाट चार वटा उजुरी परेमाका दुई वटा,लालबन्दी १२ बाट तीन वटा उजुरी परेमाका एउटा फर्छयौट भएका छन् भने लालबन्दी १३ बाट एउटा उजुरी परेमाका कुनैपनि उजुरी फर्छयौट भएको छैन ।
त्यसगरी,लालबन्दी १५ बाट दुई वटा उजुरी परेमाका एउटा,लालबन्दी १६ बाट दुई  वटा उजुरी परेमाका दुई वटै र लालबन्दी १७ बाट १२ वटा उजुरी परेमाका पाँच वटा उजुरी फर्छयौट भएका छन् भने अन्य नौ वटा उजुरी परकोमा दुई वटा उजुरी फर्छर्याैट भएका लालबन्दी नगरपालिकाको न्यायिक समितिका कानूनी सल्लाहकार लोकहरी पौडेलले जानकारी दिए ।
न्यायिक समितिमा घरेलु हिंसा,पानी घाट,जग्गा विवाद,घरायसी समस्याहरुका साथै गाली गलौज,श्रीमान श्रीमती विचाको विवाद,बाटो मिचेको,घर भाडा तथा अन्य उजुरीहरु पर्ने गरेका न्यायिक समितिकी संयोजक एवम नगर उप प्रमुख पाख्रिङ्ले बताईन् । उनका अनुसार कतिपय उजुरीहरु  न्यायिक समितिले हेर्न नमिल्ने खाल्का पनि आउने तर त्यस्ता उजुरीहरुलाई माथिल्लो निकाय अर्थात सरोकारवाला निकायमा पठाउने गरिएको छ ।न्याय सम्पादन गर्दा न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा समस्या हुने गरेकोमा पछिल्लो समय कानुनी सल्लाहकार नियुत्तःगरेपछि उजुरी फर्छयौटमा निकै सहज भएको लालबन्दी नगरपालिकाको न्यायिक समितिले जनाएको छ ।

सम्बन्धित समाचार