Close This

आदिवासी जनजाति चलचित्र महासंघ मधेश प्रदेश समितिको भेला सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१० गते   ३७३ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा आदिवासी जनजाती चलचित्र महासंघ मधेश प्रदेशको भेला सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ९ स्थित रहेको होटल युनाईटेड इनमा आदीवासी जनजाती चलचित्र महासंघ संघिय परिषद् सचिवालयका अध्यक्ष अमृत बहादुर सुनुुवारको अध्यक्षतामा भेला सम्पन्न भएको हो । 
सो भेलाले मधेश प्रदेशमा कृयाशिल आदीवासी जनजाती चलचित्रकर्मीहरुको तदर्थ समिति समेत गठन गरिएको आयोजकले जनाएको छ । भेलाले सञ्जय बलम्पाकीको अध्यक्षतामा ७ सदस्यिय तदर्थ समिती गठन गरेको छ ।
समितिको उपाध्यक्षमा निर्मला कुमारी लामा, महासचिवमा सम्झना राइ, सचिवमा मोहन सुनुवार र लक्ष्मी गुरुङ कोषाध्यक्षमा नीरबहादुर दर्लामी मगर, सहकोषाध्यक्षमा एलिना माझी चयन भएका तदर्थ समितिका अध्यक्ष बलम्पाकीले जानकारी दिनु भयो ।
महासंघको प्रदेश स्तरिय अभियान अन्तर्गत यस अघि गण्डकी, लुम्बिनी र १ नम्बर प्रदेशमा समिती गठन भइसकेको छ भने यहि १२ गते सुदुरपश्चिम, १४ गते कर्णाली र १७ गते बागमती प्रदेशमा समिती गठन हुने अध्यक्ष बलम्पाकीले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech