बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग सम्बन्धित ५ दिने तालिम सर्लाहीमा सुरु

4.6k Shares

सर्लाही प्रहरीलाई बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग सम्बन्धित ५ दिवसीय विशेष तालिम सुरु भएको छ । प्रत्यक्ष रुपमा फिल्डमा खटीने प्रहरी कर्मचारीहरुलाई सम्बन्धित स्थानमै प्रशिक्षक उपलब्ध गराई तालिम प्रदान गर्न सुरु गरिएको सर्लाही प्रहरीले  जनाएको छ ।
व्यवसायीक ज्ञान, सीप, क्षमता एवम व्यवहारमा थप उत्कृष्टता प्रदान गराउने तथा वृत्ति विकासमा टेवा पु¥याउने विभागीय नीति अनुरुप अनुशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो । 
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा आईतबारदेखि सुरु भएको तालिम मंसिर २ गते सम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्तःा प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । प्रहरी हवल्दार÷प्रहरी जवानलाई लक्षित गरि तालिम सुरु गरिएको हो ।

सम्बन्धित समाचार