Close This

मरिण गाउँपालीका २ मुङ्ग्रे खाटदमारमा खानेपानी आयोजनाको उद्धघाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२१ गते   ३२ पटक हेरिएको


सिन्धुलीको मरिण गाउपालीका २ मुङ्ग्रे खाट दमारमा खानेपानी आयोजना उद्धघाटन गरिएको छ । खानेपानी आयोजनाको मरिण गाउपालिकाका अध्यक्ष पानीराज बम्जनले उद्धघाटन गर्नु भएको मरिण गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिनुभयो ।
रु ४३ लाखमा ५ वटा पानी ट्याङ्की,४३ वटा निजीधारा र १ सार्वजनिक धारा निर्माण गरिएको आयोजनाको सोमबार एक कार्यक्रमकोआयोजना गरी उद्धघाटन गरिएको मरिण गाउँपालीका २ का वडा अध्यक्ष चन्द्रनाथ गौतमले बताउनुभयो । 
उक्त खानेपानी आयोजनाबाट मरिण गाउँपालीका २ मुङ्ग्रे खाटदमारका ९४ घरधुरी लाभान्वित भएका वडा अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार खानेपानी वितरणका लागी २ वटा मुहानबाट पानी ट्याङ्कीमा ल्याई पाईप मार्फत घरघरमा वितरण गरीएको छ । धाराबाट  घर मै  शुद्ध खानेपानी आएपछि स्थानिय नागरीकहरु खुशी भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech