Close This

सर्लाहीका ६ स्थानिय निकायका सय जना दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१० गते   ३२ पटक हेरिएको

सर्लाहीको कविलासी ,हरिपुर्वा ,मलंगवा,गोडैता नगरपालिका तथा  ब्रहम्पुरी र चन्द्रनगर गाउँपालिकाका  १०० जना दलित बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत  छनौटमा परेका विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो ।
    कविलासी क्लस्टर स्थित जनता अधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उनीहरूलाई छात्रवृत्ति वापतको रकम वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान, विद्यालयका प्रधानाध्यापक भाग्य नारायन मिश्र,संस्थाका सदस्य सोगार्थ पासवान,प्रमोद पासवान लगायतको उपस्थिति रहेको थियो ।
     संस्थाले प्रत्येक तीनतीन महिनामा नगद रु २ लाख १५ हजार १ सय छात्रवृत्ति बापत वितरण गर्ने गरेको संस्थाका कार्यक्रम अधिकृत गोबिन्द पासवानले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech