ट्रककाे ठक्करबाट होममायाकाे घटनास्थल मै मृत्यु ,ठक्करदिने ट्रकमा आगजनी,५ घण्टादेखि राजमार्ग अवरुद्ध

एसपि गौरव    प्रकाशित: २०८०-५-७ गते   ६४३ पटक हेरिएको

पुर्व पश्चिम राजमार्ग अन्तरगत राैतहटकाे चन्द्रपुर नगरपालिका १ स्थित पाैराहीमा ट्रककाे ठक्करबाट एकजनाकाे ज्यान गएकाे छ । बागमती नगरपालिका १ स्थित पाैराहीमा बिहीबार दिउँसो करिब ११:३० बजे पश्चिमवाट पुर्वतर्फ हिडेकाे ना ६ ख १५०० नम्बरकाे ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका १ की अन्दाजी वर्ष ५५ की होममाया मगर(विमला)को घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
प्रहरीका अनुसार ना ६ ख १५०० नम्बरकाे ट्रकले ठक्कर दिएर स्थानीय होममायाकाे घटनास्थलमै ज्यान गएपछि आक्राेसित स्थानीयले ठक्कर दिने ट्रकमाथि ताेडफाेड गर्नुका साथै आगजनी समेत गरेका छन् ।आक्राेसित स्थानीयले चन्द्रपुर नगरपालिकाकाे  ना १ झ ६८८ नम्बरकाे पानी बाेक्ने सरकारी ट्याङ्करमा पनि ताेडफाेड गरेका छन् ।
श्रीमान श्रीमती बजार गएका आएका र पाैराही पुलमा होममायालाई पछाडिबाट ठक्कर दिएर लडेपछि पुन ट्रक व्याकगरि किचेकाे पीडित परिवार र स्थानीयकाे भनाइ छ । बिहिबार दिउँसो करिब ११:३० बजे भएको घटनाकाे विषयलाई लिएर आक्राेसित पीडित परिवार र स्थानीयले पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन ।भने तराई  यातायात व्यावसायी संघले ५ घण्टा पुर्व पश्चिम राजमार्ग बन्द हुँदा समेत कुनै वास्ता गरेकाे छैन् ।
पीडित परिवारले क्षेतीपुर्ती नपाउँदा सम्म शव उठाउन नदिने भन्दै राजमार्ग अवरुद्ध पारेमा छन् । भाे ठक्कर दिने ट्रकका चालक ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ । तर चालककाे विवरण खुल्न बाँकी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech