Close This

बलरामा शितलहरबाट बच्नका लागि चार सय जनालाई ब्लाङ्केट वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-४ गते   १५१ पटक हेरिएको

सर्लाहीको बलरा नगरपालिकामा शितलहरबाट बच्नका लागि चार सय जना गरीब तथा विपन्न परिवारका नागरिकहरुलाई ब्लाङ्केट वितरण गरिएकोे छ । बलरा नगरपालिका १० सुदामामा नगर प्रमुख रामाशंकर कुशवाहाको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमको आयोजना गरी वडा स्तरिय योजनाबाट उक्त ब्लान्केट वितरण गरिएको हो ।
चिसोको समयमा नगरका गरीब विपन्नलाई केही न्यानोप्रदान गराउन ब्लाङ्केट वितरण गरिएको नगर प्रमुख कुशवाहले बताए ।“शितलहरबाट गरीब,मजुदुर, बुढापाका तथा बालबालिकाहरु निकै समस्या परेका थिए । उनीहरुसंग जाडोमा ओढ्ने र ओछ्याउने मोटो कपडा समेत थिएन् । नगरपालिकाले न्यानोकपडा वितरण गरेपछि उनीहरुलाई केही राहत मिलेको छ ।”नगर प्रमुख कुशवाहले बताए ।
“पराल र दाउराको भरमा रात काट्न बाध्य भएका नगरका गरीब,निमुखा र विपन्न नागरिकहरुलाई ब्लाङ्केट वितरणले जाडो कटाउन ठुलो मद्धत मिलेरको र अरु वडामा पनि आवश्यकता अनुसार ब्लाङ्केट वितरण गरिने” नगर प्रमुख कुशवाहले बताए । आफनो वडाका गरिब,दलित,ज्येष्ठ नगारिक तथा अतिविपन्न परिवारका नगरिकहरुलाई शितलहरबाट बच्नका लागि ब्लाङ्केट वितरण गरेको बलरा नगरपालिका १० का वडाअध्यक्ष दिनेश महतोले बताए ।
बर्षेनि पुष,माघ महिनामा बाक्लो हुस्सु तथा कुहिरो लागेर सर्वसाधारणको जनजीवन कष्ठकर हुने गरेको अवस्थालाई ध्यानमा राख्दै वडाबाटै ब्लाङ्केट वितरण गर्ने योजना बनाएको वडा अध्यक्ष महतोले बताए ।  
“क्रमैसंग अरु पनि वडामा वास्तविक प्रभावितको तथ्यांक संकलन गरेर ब्लाङ्केट वितरण गरिने र शितलहरबाट नगरका जनतालाई बचाउनका लागि सबै वडाका प्रत्येक गाउँ तथा टोलका चौक चौकमा दाउरा समेत वितरण गरेको ”नगर प्रमुख कुशवाहले बताए ।
यसबाट सबैभन्दा बढी प्रभावित भएका दलित तथा विपन्न परिवारका १२ जनालाई ५–५ हजारका दरले आर्थिक सहयोग समेत गरिसकेका नगर प्रमुख कुशवाहले बताए । अगामी दिनमा पनि प्रभावित भएका नागरिकहरुलाई पहिचान गरि सहयोग गर्दै जाने नगर प्रमुख कुशवाहले प्रतिबद्वता व्यक्त गरे । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech