पार्टी कार्यालय निर्माण गर्न संकलन भएको रकम व्यक्तिको खाता मार्फत राहत वितरणको बाहनामा अनियमितता

906 Shares

नेकपा(माओवादी केन्द्र) सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले पार्टी कार्यालय बनाउँन भन्दै संकलन गरेको सहयोग रकमबाट विपद् राहत कोषको नाममा आफुखुसी वितरण गरेका पाइएको छ।माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय निर्माण गर्न भन्दै स्थानीय व्यापारी,व्यासायीहरुका साथै पार्टीलाई माया गर्ने शुभेच्छुक एवम शुभचिन्तकहरु गरी करिब एक हजार जनाबाट प्रतिव्यक्ति रु १० हजारदेखि पाँच लाख सम्म संकलन रकम संकलन भएको भएपनि हिसाब तथा खर्च भएको रकम सार्वजनिक नगरी माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले आफ्ना आसेपासे तथा चम्चेहरुको नाममा खाता खोलेर विपद् राहतक कोषको नाममा दर्ता नै नभएको संस्थाबाट राहत भन्दै वितरण गरेका पाइएको माओवादी केन्द्र सिन्धुलीका एक नेताले जानकारी दिए ।
उनका अनुसार सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले माओवादी केन्द्र सिन्धुलीको नाममा रहेको रु पाँच करोड ऋण भुक्तानी गरेको भन्दे विभिन्न स्थानका सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका भएपनि सो रकमको स्रोत उल्लेख गरेका छैनन् भने विपद् राहत कोषको नाममा उपचार खर्च भन्दै पार्टी कार्यालय निर्माण गर्न सहयोगी दाताहरुले सहयोग गरेकोे रकम आफ्ना स्वकीय सचिव गणेश रत्न र स्थानीय माओवादी केन्द्रका नेता  एवम निर्माण व्यावसायी उद्धव दाहालको नाममा खाता खोलेर सो मार्फत वितरण गरि रहेका छन् ।
पार्टी कार्यालय निर्माण गर्न स्थानीय व्यापारी व्यावसायीहरुहरुले ढुंगा,गिट्टी,बालुवा तथा रड र सिमेन्ट सहयोग गरेका र कामदारको मात्रै रकम भुक्तानी गर्नु परेको भएपनि करिब एक हजार जनाबाट संकलन भएको रकम के ? कति ? थियो भन्ने विषयमा कार्यालय स्थापना भएपछि सार्वजनिक गर्ने बताएका  माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले कार्यालय स्थापना भएर उद्घाटन भएको करिब २ वर्ष हुनै लाग्दा पनि रकम सार्वजनिक गर्नुको सट्टा सहयोग रकम सार्वजनिक गर्न माग गर्ने सहयोगी दाताहरुलाई सहयोग गरेको रकम फिर्ता गर्ने धम्की दिन थालेका समेत माओवादी केन्द्र सिन्धुलीका अर्का नेताले बताए ।
सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले कुनै निकायमा दर्ता नै नभएको विपद् राहत कोष नामक संस्थाको नाममा व्यक्तिको नाममा खाता खोलेर पार्टी कार्यालय निर्माण गर्न जुटेको सहयोग रकम बाँडेर सस्तो लाकप्रियता देखाएका उनले बताए ।आफु सबै तिरबाट सकिदै गएपछि छटपटीमा परेका माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले आफ्नो विरुद्ध बोल्ने नेता तथा कार्यकर्तालाई ठेगान लगाउने समेत समय समयमा चेतावनी दिने गरेका छन् ।
जनयुद्धको समयमा पार्टीमा भुमिका नै नभएका माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले माओवादी केन्द्रका पुराना नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउँदै नयाँ नयाँ र आफ्नो ज्यू,हजुरी गर्ने नेता तथा कार्यकर्ताहरुलाई काखी च्यापेका समेत अर्का नेताले बताए ।दर्ता नै नभएको र कार्य विधि समेत नबनेको संस्थाबाट आफ्ना केही कार्यकर्ताहरुको नाममा खाता खोलेर माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले पार्टी कार्यालय निर्माण गर्नका लागि संकलन भएको रकम दुरुपयोग गरेको समेत माओवादी केन्द्र सिन्धुलीका नेता तथा कार्यकर्ताहरुको भनाई छ ।
माओवादी केन्द्रको कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजार भगवती बोर्डिङ स्कुल अगाडि १२ धुर जग्गामा आलिसान महल निर्माण भएको र त्यसका लागि करिब एक हजार सहयोगी दाताले न्युनतम रु १० हजार देखि अधिकतम् रु पाँच लाख सम्म सहयोग गरेका भएपनि भवन निर्माणको क्रममा संकलन भएको रकम र खर्च विवरण सार्वजनिक नभएको सहयोगी दाताहरुले गुनासो गरेका छन् ।
रु ७१ लाख ५० हजारमा १२ धुर जग्गा खरिद गरेर निर्माण भएको पार्टी कार्यालय भवनमा रड,सिमेन्ट,गिट्टी,बालुवा स्थानीय व्यापारीहरुले सहयोग गरेका र संकलन भएको रकमबाट कामदारको ज्याला मात्रै भुक्तानी गरिएको भएपनि संकलन भएको रकम र खर्च भएको रकम विवरण हाल सम्म पनि सार्वजनिक नभएपछि सहयोगी दाताहरुले खर्च विवरण सार्वजनिक गर्न माग गर्न थालेका हुन् । चार तले,१४ वटा कोठा,एउटा हल र एक किचन कोठा रहेको पार्टी कार्यालय भवन माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल९प्रचण्ड०ले उद्घाटन गरेका थिए।
पार्टी कार्यलय भवन निर्माण सम्पन्न गर्न करिब रु दुई करोड १० लाख खर्च अनुमान गरिएको भएपनि सहयोगी दाताहरुबाट कति रकम संकलन भयो ? कती रकम अपुग भयो ? वा कति रकम खर्च भयो ? वा बचत रह्यो भन्ने सहयोगी दाताहरुलाई नै जानकारी दिन नखोज्नुले आफुलाई सुशासनको चर्को कुरा गर्ने माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालको नियतमाथी शंका गर्नु पर्ने माओवादी केन्द्र सिन्धुलीका नेता कार्यकर्ताहरुले बताएका छन् । 

सुनकोसी गाउँपालिकाका स्थानीयले स्थानीय स्तरमा हुने वातावरण प्रदुषण नियन्त्रणमा गर्न र सार्वजनिक सम्पतीको संरक्षण गर्न भन्दै अवैध क्रसर उद्योगहरुका साथै खानीजन्य उद्योगहरुका विषयमा गाउँपालिकामा पटक पटक मौखिक र लिखित आग्रह गर्दापनि वेवास्था गरेका कारण सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल) र गाउँपालिकाका १२ जना विरुद्ध उच्च अदालत पाटनमा सुनकोसी गाउँपालिकाका स्थानीयले उत्प्रेषण तथा परमादेश समबन्धी मुद्धा दायर गरेका छन् । सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा र माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालले सुनकोसी गाउँपालिका क्षेत्रमा क्रसर उद्योगहरुका साथै खानीजन्य उद्योगहरु सञ्चालन गरि रहेका समेत पाइएको छ । सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवम प्रतिनिधि सभा सदस्य दाहालकी श्रीमती हुन ।

सम्बन्धित समाचार