हाम्रो टाउँको अस्वस्त भएको छ हामी उपचार गर्छाै : एमाले हरिवन नगर अध्यक्ष पोख्रेल

403 Shares

कमलामाई मिडिया प्रा.लि.द्धरा सञ्चालित कमलामाई अनलाईन टि.भी.मा पत्रकार शंखर पहाडी(गौरब)ले नेकपा(एमाले)हरिवन नगर कमिटि अध्यक्ष सितराम पोख्रेलसंग गरिएको भलाकुसारीको सम्पादित अंश
प्र.नेकपा(एमाले)हरिवन नगर कमिटिको अध्यक्षतामा तपाईलाई चयन गर्दै गर्दा एमाले हरिवनले गरेको अपेक्षा के हो ?
नगर अधिवेशन भई रहँदा सात जना उम्मेदवार हुँदै गर्दापनि अरु छ जना नेताहरुले आफुलाई संगठनको काम राम्रो हुन्छ भन्ने अपेक्षा गरेर सर्मथन गर्नु भएको हाे ।उहाँहरुलाई सिताराम पोख्रेलबाट एमाले हरिवनलाई राम्रो बनाउन सकिन्छ भन्ने आशा,भराेस र विश्वास थियाे त्यस कारण उहाँहरुले मलाई सर्मथन गर्नु भएको हो।उहाँहरुले अधिवेशनको समयमा मलाई जुन भराेसा,आशा र विश्वास गर्नु भएको छ त्यसप्रति अभार व्यक्त गर्दै नेतृत्वमा राखेको अपेक्षा अनुसार काम गर्छु।
प्र.छ जना नेताहरुको उम्मेदवारी फिर्ता लिने वातावरण बनाउन कतिको समस्या भयो ?
नेतृत्वले निकै मेहनत गर्नु भयो र हामी सबै उम्मेदवारहरु अध्यक्ष मण्डल सहित बसेर छलफल गरेपछि मलाई साथीहरुले समर्थन गरि  म सर्व सहमत रुपमा अध्यक्षमा चयन भएँ । म माथि संगठनको पाटो र विकास निर्माणको काम लगायतका सवालमा नेतृत्वले अपेक्षा गरेको र सो पुरा गर्न प्रतिवद्ध छु ।
प्र.एमाले हरिवनको संरचनागत अवस्था कस्तो छ ?
सबैलाई समेटेर समिति चयन भएको छ।समानुपातिक समावेश समिति चयन भएकाले पार्टीका नेताहरुले मेरो नेतृत्वमाथि निकै ठूलो अपेक्षा,भरोस र विश्वास गर्नु भएको छ ।त्यो टुट्न दिने छैनौँ।किनकी महिला ३३ प्रतिशत अनिवार्य,उपा अध्यक्षमा जनजाति समुदायबाट,उप सचिवमा महिला तथा मधेशी समुदाय सहितको सबै जातजाति, समुदाय र लिङ्ग समावेश भएको कमिटि चयन भएको छ ।
प्र.तपाईको नेतृत्व आगामि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने एमाले नेतृत्व भएकाले संगठन विस्तारको तयारी वा योजना के छ ?
नगर कमिटिको बैठक बसेर वडा तथा टोल कमिटि गठन गर्दै संगठनलाई शसक्त बनाएर हरिवनमा एमालेलाई पहिलो पार्टी बनाउने अभियान सञ्चालन गर्ने योजना छ।हामीले नागरिकहरुका समस्या केके हुन?ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने सवालमा गम्भीर भएर लाग्ने तयारी गरेका छाैँ ।
प्र.हरिवन नगरपालिकाका प्रमुख समस्याहरु केके हुन ?
हरिवन नगरपालिकाका नगर प्रमुख एकल ढंङ्गले चल्न खोज्ने साथै  हरिवन नगरपालिकाको विकास तथा समृद्धिका लागि सामुहिक निर्णय नगरी एकल निर्णय गर्दा समस्या भएको छ ।
प्र.हरिवन नगरपालिकामा एमालेको बहुमत छ तर नगर प्रमुखलाई देखाएर समस्याबाट उम्कीने एमाले हरिवनको योजना हो ?
एमालेको बहुमत भएपनि नगर प्रमुख नगरको टाउँको हुनुहुन्छ।शरिर ठूलो भएपनि टाउँको अस्वस्थ भयो भने कुनै पनि काम हुँदैन्।अहिले हरिवनका नगर प्रमुख अस्वस्थ हुनु भएकाले उहाँको फिजियोथेरापी गर्ने होकी अन्य उपचार गर्दा ठिक हुन्छ भन्नेमा एमाले हरिवन सोची रहेको छ। हरिवनको विकासका लागि एमाले नरम भएको र यसको गलत तरिकाले नगर प्रमुखले फाईदा उठाउँ हुन्छ भने हामी राम्रोसंग व्यवस्था गर्छाै ।हामीले नगर प्रमुखले गरेका विकृति विसंगतीका कुराहरु बाहिर ल्याउन कमिटि नै गठन गरेको र कमिटिले नगर प्रमुखको मनपरीको पहिचान गरी सोही अनुसार एमाले हरिवन लाग्ने तयारीमा छ ।
प्र.हरिवन नगरपालिका ११ को व्यवसायीक भवनको सवालमा एमालेको धारणा के छ ?
हरिवन नगरपालिकाको कार्यापालिकाले निर्णय नै गरी सकेको भएपनि नगर प्रमुखले अरुलाई देखाउनका लागि त्यो भवन ठेक्का लगाउने काम गर्नु भएको छ।तर नगर प्रमुख नै संयोजक रहने व्यवस्था अनुसार सर्व दलिय सम्यन्त्रले पास गरि सकेको भएपनि नगर प्रमुखको योजना ठेक्का लगाउने नै नरहेका कारण सो भवन वेवारिसे रहेको हो।नगर प्रमुखको चाहना नभएकाले उक्त व्यवसायीक भवन ठेक्का लाग्न सकेन ।
प्र.तपाई हरिवन नगरपालिका ९ को निवर्तमान जनप्रतिनिधि पनि हुनुहुन्छ?बहुमत पनि तपाईहरुको छ।तर नगर प्रमुखको सवालमा बाहिर कुनै कुरा नबोल्नुको कारण केहो ?
एमालेका जनप्रतिनिधिहरु उद्धार भएकाले अहिले सम्म मौखिक रुपमा पटक पटक नगर प्रमुखको ध्यानाकर्षण गराएको र अब खुलेर प्रतिकार गर्दा नगर प्रमुखलाई निकै अप्ठ्यारो पर्ने छ।नगर प्रमुखले नगरको विकासका लागि नभई आफ्नो र आफ्ना निकटकालाई फाईदा पुग्ने खालका टुक्रे योजनाहरु ल्याएका कारण नगरको विकास सम्भव नभएको हो।अब एमाले हरिवनले खुलेर प्रतिकार गर्ने छ ।
प्र.हरिवनका जनताले हरिवनका जनप्रतिनिधिहरुसंग गरेको अपेक्षा के हो ?
यहाँका जनताले धेरै अपेक्षा गरेका छन्।पहिलाको नेतृत्व भन्दा अहिलेका नगर प्रमुखले हरिवनका लागि केही गर्नुहुन्छ भन्ने लागेर नेतृत्व फेरबदल गरेका भएपनि अहिले पहिला कै गणेश प्रसाई नै नगर प्रमुख हुँदा ठिक भन्ने आवाज जताततै उठ्न थालेको  छ।अहिले जनताले गरेको अपेक्षा अनुसार कुनै पनि काम भएको छैन् ।
प्र.के हिजोको समयमा विकृति विसंगती तथा जनताका गुनसाहरु थिएनन् ?
हिजोको जनप्रतिनिधिहरुसंग पनि जनताको गुनासो थियो।त्यही गुनासो सम्बोधन गर्ने काममा पहिलोको नेतृत्व नलागेका कारण जनताले सजाए स्वरुप निर्वाचनमा पराजित गराएका हुननी त ।
प्र.हरिवनमा एमालेका जनप्रतिनिधिहरुको बहुमत छ ?तरपनि तपाईहरु कै गुनासो बढी छन् के यो थर्अपुर्ण  रहला ?
हामी बढी उद्धारबादी भएकाले अहिले सम्म त्यस प्रकारको गतिविधि बढी रहेको हो । अब एमाले हरिवनले आफुहरु बहुमतमा रहेको पुष्टि गर्ने छ।हामी लाचारीपना देखाउँदैनौँ ।एमाले हरिवन अब हरिवनको विकास र समृद्धिका लागि शसक्त ढंगले अगाडि बढ्छ ।
प्र.एमाले हरिवनको अबको योजना के हो ?
जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका योजनाहरु बनाएर हरिवन नगरपालिकाको बजार,खानेपानी, विकास र समृद्धिका लागि एमाले डटेर सामाना गर्न तयार रहेको छ ।अहिलेभावि योजनाहरु र हालका अधुर अपुरा योजनाहरु पुरा गर्ने र जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरु ल्याउन एमाले अन्य जनप्रतिनिधिहरुसंगको सहकार्यमा अगाडि बढ्छ ।
प्र.एमाले हरिवन आगामि निर्वाचनमा गठबन्धन गर्छ की गर्दैन् ?
गर्दैन्।हामी एक्लै लड्दा पनि जम्मा एक सय ५३ मतले पराजित भएको हो र आगामि निर्वाचनमा नेतृत्व सहित फेरी बमुहत ल्याएर अगाडि जानेमा एमाले कसैसंग गठबन्ध नगरी एक्लै चुनाव लड्न तयार छ।अहिले प्राविधिक कारणले चुनाव हारेको हो।अब कुनैपनि हालतमा हार्ने भन्ने त छँदैछैन् बरु बहुमत सहित नेतृत्व जित्ने योजनमा छ।यस अघिको कार्यकालमा गर्न नसकेका नपाएका योजनाहरु अबको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर हरिवन नगरपालिकाको आधार निर्माण गर्न लाग्ने छ ।

सम्बन्धित समाचार