कमिसनमा बिरामी बेच्ने डा.झाको सरुवा,स्वास्थ्य कार्यालय मलंगवाको प्रमुखमा यादव

280 Shares

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाको सरुवा भएको छ।विगत लामो समयदेखि स्वास्थ्य कार्यालय सर्लाही र प्रादेशिक अस्पतालको प्रमुख रहेका डा.झालाई कमिसनका लागि अस्पतालबाट बिरामी रेफर गर्ने आरोप लाग्दै आएको थियो ।मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामले डा.झाको स्वास्थ्य निर्देशनालय,सपही,धनुषामा सरुवा गरेको छ।
सुरुमा प्रादेशिक अस्पताल मलंगवाको प्रमुखका रुपमा रहेका डा.झालाई हर्कत अनुसार मन्त्रालयले अस्पतालको प्रमुखको जिम्मेवारी खोसेर स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखको मात्रै जिम्मेवारी दिएको थियो । त्यसपछि पनि डा.झाले स्वास्थ्य कार्यालयमा दोहोरो जिम्मेवारीमा रहेर स्वास्थ्य कार्यालयका योजनाहरु बिचौलायलाई सुम्पेर आफूले त्यसबाट फाईदा लिने गरेका पटक पटक गुनासाहरु आएका थिए।उनले प्राय कामहरु कागजमा मात्रै सिमित गरेर,काम गर्दै नगरेर लाभ लिने गरेका थिए।
डा.झाले केहि नजिककालाई सार्वजनिक स्वास्थ्यमा स्नातक(बि.पी.एच.)गरेको व्यक्तिलाई इञ्जिनियरको नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्न लगाएर सोहि स्वास्थ्य कार्यालयमा बर्षौ देखि तलव सेवा सुबिधा र कार्यालयको सम्पूर्ण जिम्मेवारी दिएका थिए।सो बिषयमा अहिलेसम्म कुनै छानबिन र अनुसन्धान भएको छैन।
प्रादेशिक अस्पतालको नाजुक अवस्था बनाएको,कमिशनका लागि बिरामीहरूको उचित उपचार नगरी निजी अस्पतालहरूमा रेफर गर्ने,बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर दिने र सेवा प्रवाहमा लापरवाही गर्ने जस्ता आरोपहरु डा.झालाई लाग्ने गरेका थिए ।स्रोतका अनुसार“सरकारीबाट रेफर गराई बिचौलिया मार्फत् रेफर गर्ने,उपचार रकमको केही हिस्सा रेफर गरिदिने व्यक्ति र बिचौलियासम्म पुग्ने गर्दथ्यो”बिरामी र उनका आफन्तलाई “राम्रो उपचार हुन्छ,”भन्दै झुक्याएर निजीमा पुर्याउने र कमिसन असुल्ने गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो।
डा.झा प्रादेशिक अस्पतालको प्रमुखरहँदा आफू काठमाडौँमा बसेर बिचौलिया मार्फत प्रादेशिक अस्पताल मलंगवा संचालन गर्ने गरेको खुलेको थियो।डा.झा सो अवधिमा अधिकांस समय काठमाडौँमै रहने र यता स्वास्थ्य कार्यालयमा बिचौलियालाई राखेर सेवा संचालन गर्ने गर्दथे।त्यस्तै,गत वर्षको फागुन २९ गते बिहीबार साँझ मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले प्रादेशिक अस्पतालमा अनुगमन गर्दा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पाईएको थियो।
मुख्यमन्त्री सिंहले अस्पतालका प्रमुख डा.झालाई क्यान्टिन परिवर्तन गर्न र आकस्मिक कक्षका लागि आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षमा सूचीबद्ध एम्बुलेन्स चालकको नाम हटाउन समेत निर्देशन दिइएका थिए।तर उनले सो निर्देशन पालन नगरेपछि उनलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।डा.झाको सरुवासंगै सर्लाहीका स्वास्थ्यकर्मी तथा आम नागरिकमा खुशी भएका छन्।स्वास्थ्य कार्यालयको नयाँ प्रमुखको रुपमा सोहि कार्यालयमा कार्यरत आठौँ तहका कर्मचारी लालबाबु यादवलाई खटाईएको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार