Close This

जनकपुर : बम विस्फोट काण्डको ८ वर्ष पूरा

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१८ गते   २९२ पटक हेरिएको

जनकपुरधामको रामानन्द चोकमा भएको बम विस्फोट घटनाको आज ८ वर्ष पूरा भएको छ ।२०६९ साल वैशाख १८ गतेका दिन रामानन्द चोकमा मिथिला राज्यको मागसहित जनकपुरधामको रामानन्द चोकमा शान्तिपूर्ण धर्नाका क्रममा भएको बम विष्फोट भएको थियोे । सो बम विस्फोटमा घटनामा ५ जनाको ज्यान समेत गएको थियो ।

सोही दिनको सम्झनाममा प्रत्येक वर्ष जनकपुरधाममा बलिदानी दिवस मनाइने गरिन्छ । तर यस पटक भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देश नै लकडाउन भएकोले बलिदानी दिवस मनाउन नसकिने मिथिलिा नाट्य कला परिषद्का अध्यक्ष प्रमेश झाले जानकारी दिनुभयो ।
मिथिला बम काण्डको ७ वर्षपछि पूर्व सांसद संजय साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाई सकेको छ ।

उक्त बम विस्फोटबाट मिथिला आन्दोलनको योद्धा एवं प्रतिभावान कलाकार रञ्जु झासहित सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणले सहादत प्राप्त गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech