सर्लाही ३ प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेद्वार कुशवाह विजयी , सर्लाही २ प्रदेश सभा र ३ प्रतिनिधि सभाकाे मतगणना जारी

1.4k Shares

सर्लाहीकाे क्षेत्र नम्बर ३ प्रदेश सभा(२) मा  स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाह  विजयी हुनु भएको छ । कुहवाह १६  हजार ५ सय ९१ मत ल्याएर विजयी हुनु भएको हाे भने  उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले) का गणेश प्रसाईले  १५ हजार १ सय ६६ मत प्राप्त गर्नु भएको छ भने बाम लाेकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार  नेकपा(एकीकृत समाजवादी) पार्टीका उम्मेदवार डिल्ली प्रसाद उप्रेतीले ५ हजार ३ सय ५३ मत ल्याउनु भएको  मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सर्लाहीले जनाएको छ । कार्यलयका अनुसार कुशवाहले प्रसाईंलाई १ हजार ४ सय २५  मतान्तरले पराजित गर्नु भएको हाे ।

याे सहित जिल्लामा ६ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे  छ । यसअघि जिल्लाकाे क्षेत्र नम्बर १  प्रदेश सभा (१) प्रदेश सभा (२) जिल्लाकाे क्षेत्र नम्बर ३ प्रदेश सभा (२) जिल्लाकाे क्षेत्र नम्बर ४ प्रदेश सभा (१) र (२) मा क्रमस  नेकपा (एकीकृत समाजवादी) पार्टीकी बेची लुंगेली, लाेकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का उपेन्द्र महताे,जनता समाजवादी पार्टी(जसपा)का संजय कुमार यादव र नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह विजयी र नेकपा(माओवादी केन्द्र) का फकिरा महताे विजयी भईसक्नु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । बाकी रहेका सर्लाही क्षेत्र नम्कर २ प्रदेश सभा(१) र (२) काे मतगणना जारी रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयकाे भनाइ छ ।

साथै सर्लाही क्षेत्र नम्बर १ प्रतिनिधि सभामा बाम लाेकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार लेाकतान्त्रीक समाजवादी पार्टी(लाेसपा) का राम प्रकाश चाैधरीले प्रतिनिधि सभा तर्फ जित निकाल्नु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक समेत रहनुभएका चौधरीले  २४ हजार ८ सय ३८ मत पाउँदा खड्काले १८ हजार ४ सय ४ मत प्राप्त गर्नुभएको छ । चौधरी खड्का भन्दा ६ हजार ४ सय ३४ बढि मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

त्यसैगरी सर्लाही क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा) का राजेन्द्र महताे,सर्लाही ३ मा एमालेका हरि उप्रेती र सर्लाही ४ मा स्वतन्त्र तर्फमा उम्मेद्वार डा. अमरेस कुमार सिह अग्रस्थानमा रहनु भएको छ ।

सम्बन्धित समाचार