गणेश खड्का
सर्लाहीको हरिवनमा हरिवन लैंगिक उत्तरदायी बजेट निर्माणका लागि राजनैतिक दलहरुको भूमिका र प्रतिवद्धताबारे छलफल भएको छ । आइफिएस नेपालको प्राविधिक सहयोग,स्वीस सरकार विकास सहयोग (एसडीसी) र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा माण्डवी नेपालको सहजीकरणमा लैंगिक उत्तरदायी बजेट निर्माणका लागि राजनैतिक दलहरुको भूमिका र प्रतिवद्धताबारे छलफल भएको हो ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले स्थानिय तहहरुबाट लैंगिक मैत्री बजेट तर्जुमा गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।कार्यक्रमको संयोजक मुनीलाल बैठाको अध्यक्षता तथा बनिता कार्कीले प्रशिक्षणमा १८ जनाको सहभागीता रहेको थियो । माण्डवी नेपालले दातृ निकायसँग सहजीकरण गरी सर्लाही,महोत्तरी,रौतहट,बारा र धनुषाका २८ वटा स्थानिय तहरुमा महिला नेतृत्व कार्यक्रम संचालन गरिरहेको छ ।
त्यसैगरी हरिवनमा महिला हिंसा तथा अन्य सामाजिक कूरीति नियन्त्रणका लागि छलफल गरिएको छ ।जनजागृति टोल विकास संस्थाका अध्यक्ष रामहरि घिमिरेको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरुले परम्परागत कूरीति अन्त्यका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।