प्र.नि काफ्ले सहितकाे मिलेमताेमा पथलवाघाटबाट गैर कानुनी धन्दा

3.1k Shares

बाराको पथलवाघाटबाट नेपाल प्रहरीको मिलिमतोमा कपडा लगायत अन्य सामान गाई र भैसीको ठूलो तस्करी भैरहेको छ । तस्करीको सेटिङ मिलाउने र रकमको लेनदेनको काम नेपाल प्रहरीका असई विरेन्द्र यादवले  गर्ने गरेका तथ्य बाहिरीएको छ ।
कपडा देखि अन्य सामान,गाई भैसीको तस्करीको लाइन पाउनेमा भारत अकर्वा घर भएका नवल यादव र जुमानु छन् भने नेपालीमा प्रमोद यादव रहेका छन् । असइ यादवले  तस्करीको सबै सेटिङ मिलाएर उठेको रकम  इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक देवराज काफ्लेलाई समेत पुर्याउने गरेको रहस्य खुलेको छ। यसका अलावा यो नाकाबाट औषधीको र लागूऔषधको अबैध कारोवार समेत हुने गरेको छ। 
औषधी भनेर अन्य सामानको तस्करी हुने र त्यस्ता सामान असइ यादवले  व्यारेकमा जम्मा गरे पछि जसको सामान हो उसैलाई रकम लिएर दिने गरेको समेत खुलेको छ। पहिले पक्राउ गरे जस्तो गरेर समाउने अनि पछि रकम लिएर सम्बन्धित व्यक्तिलाई दिने गरेको स्थानीयले बताए । त्यस्ता कार्टुन भित्र के कस्ता तस्करीको सामान छन् भन्ने कुरा कि त ल्याउने कि त प्रहरीलाई मात्र थाहा हुने गरेको स्थानीयको भनाइ छ। स्रोतका अनुसार प्रकाश सहनीलाई राँगा, भैँसीको तस्करी गर्न लाइन खुल्ला गरिएको छ भने नुनु नामका व्यक्तिलाई खसी ल्याउन अनुमति दिइएको छ । त्यस्तै छोटेलाल पटेल, दीपक यादव, रविन्द्र साह, भोला यादव, बच्चा यादव, प्रभु यादवलाई कपडाको लाइन खुल्ला गरिएको छ । 
मिरा चौधरी मकवानपुर र बारामा प्रहरी उपरिक्षक हुदा आर्थिक कारोवार गर्ने घुमुवाको रूपमा ज्यादै बदनाम भए पछि उनलाई प्रहरी मुख्यालयले पूर्व क्षेत्र अर्थात हालको एक नम्बर प्रदेश सरूवा गरेको थियो । अहिले फेरि असई भए पछि बारामा आए लगत्तै उनी तस्करीको अखडा पथलवाघाट गएपछि फेरि तस्करीको लाइन चलाएका छन् ।

सम्बन्धित समाचार