निःशुल्क आँखा शिविरमा करिब २ सय जनाको आँखाको परीक्षण

238 Shares

सिन्धुलीको घ्याङलेख गाउँपालिका १ मा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा करिब दुई सय जनाले लाभ लिएका छन्।शुक्रबारबाट सुरु भएको दुई दिने निःशुल्क आँखा शिविरमा एक सय ८२ जना आँखाका विरामीले सेवा लिएका घ्याङलेख गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विष्णु कुमार रानाले जानकारी दिए ।
उनका अनुसार घ्याङलेख गाउँपालिका,गङ्गालाल आँखा प्रतिष्ठान र गुड भिजन नेपालको संयुक्त आयोजनामा संचालित शिविर घ्याङलेख गाउँपालिका १ को सिम्ले–खट्टार र गणेश आधारभुत विद्यालय रागेंचौर दुवै स्थानमा संचालन गरिएको शिविरमा परिक्षण गरिएका विरामीमध्ये २७ जनामा मोतिया बिन्दुको अपरेशन गर्नुपर्ने देखिएको छ ।
विशेष गरी उमेर ढल्केका नागरिकलाई टाढा गएर उपचार लिन निकै अप्ठ्यारो हुने भएकाले गाउँमै स्वास्थ्य सेवा दिनका लागि वडाको दुई स्थानमा शिविर सञ्चालन गरिएको घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले बताए।उनका अनुसार यो आँखा शिविर घ्याङलेख गाउँपालिकाका सबै ५ वटै वडामा संचालन हुने र हालसम्म घ्याङलेख १,२ र ५ नम्बर वडामा शिविर सम्पन्न भइसकेको छ भने वडा नम्बर ३ र ४ मा शिविर सञ्चालन हुन बाँकी रहेको छ ।

सम्बन्धित समाचार