नौ महिनामा करिब आठ करोड राजश्व संकलन,सवारी दुर्घटनामा ३८ जनाको मृत्यु

168 Shares

मधेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले चैत्र महिनामा करिब एक करोड राजश्व संकलन गरेका छन्।आठ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु सहित ट्राफिक प्रहरीको मधेश प्रदेश कार्यालयले चैत्र महिनामा रु ९६ लाख ६२ हजार ५३ राजश्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेशले रु १४ लाख ७२ हजार ५०,जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले रु तीन लाख ५३ हजार एक,सिरहाले रु नौ लाख ७६ हजार पाँच सय,धनुषाले रु सात लाख ५३ हजार,महोत्तरीले रु १३ लाख ८२ हजार पाँच सय एक,सर्लाहीले रु १३ लाख ५५ हजार पाँच सय,रौतहटले रु ११ लाख ५३ हजार पाँच सय,बाराले रु १० लाख ६० हजार र पर्साले ११ लाख ५६ हजार एक गरी कुल राजश्व रु ९६ लाख ६२ हजार ५३ राजश्व संकलन भएको हो ।
चेत्र महिनामा मधेश प्रदेशका विभिन्न स्थानमा छ सय २५ वटा सवारी दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ भने नौ सय ४३ जना घाईते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेशले जनाएको छ ।आठ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु मध्ये चैत्र महिनामा सबै भन्दा धेरै महोत्तरीले १३ लाख ८२ हजार पाँच सय एक र सबै भन्दा कम सप्तरीले रु तीन लाख ५३ हजार एक रुपैँया राजश्व संकलन गरेको छ ।भने सबै भन्दा धेरै महोत्तरीले एक हजार आठ सय ४५ र सबै भन्दा कम सप्तरीले तीन सय ५९ वटा कार्बाही गरेको कार्यालले जनाएको छ ।तीन हजार तीन सय १६ पटक सवारी चेकजाँच हुँदा नौ हजार छ सय ६२ वटा कार्बाहीबाट चैत्र महिनामा रु ९६ लाख ६२ हजार ५३ राजश्व संकलन भएको हो ।
प्रादेशिक कार्यालयले ट्रक आठ सय ९८ वटा,कार,जिप,भ्यान ५६ वटा,ट्याक्टर आठ वटा र मोटरसाईकल ३९ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा,सप्तरीले ट्रक एक सय ११ वटा,बस १५ वटा,कार,जिप,भ्यान ६५ वटा,ट्याक्टर ४१ वटा,मोटरसाईकल एक सय चार वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु २३ वटालाई कार्बाही गरेको छ।सिरहाले ट्रक तीन सय २३ वटा,बस २९ वटा,कार,जिप,भ्यान एक सय ३८ वटा,ट्याक्टर ३९ वटा,मोटरसाईकल पाँच सय ८० वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु ३३ वटालाई कार्बाही गरेको छ ।
धनुषाले ट्रक दुई सय दुई वटा,बस २४ वटा,कार,जिप,भ्यान एक सय ५४ वटा,ट्याक्टर ५२ वटा,मोटरसाईकल तीन सय ६७ वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु ३६,महोत्तरीले ट्रक चार सय ६७ वटा,बस एक सय पाँच वटा,कार,जिप,भ्यान तीन सय ४७ वटा,ट्याक्टर ३५ वटा,मोटरसाईकल आठ सय ६९ वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु २२ वटा,सर्लाहीले ट्रक पाँच सय ३० वटा,बस २४ वटा,कार,जिप,भ्यान एक सय ४३ वटा,ट्याक्टर १४ वटा,मोटरसाईकल पाँच सय ११ वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु २४,रौतहटले ट्रक पाँच सय ९५ वटा,बस दुई वटा,कार,जिप,भ्यान ६९ वटा,ट्याक्टर २५ वटा,मोटरसाईकल तीन सय ४८ वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु ७१ वटा,बाराले 
ट्रक तीन सय ६७ वटा,बस १४ वटा,कार,जिप,भ्यान दुई सय ४६ वटा,ट्याक्टर ७८ वटा,मोटरसाईकल चार सय २६ वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु ८४ वटा तथा पर्सा ट्राफिकले ट्रक सात सय आठ वटा,बस तीन वटा,कार,जिप,भ्यान ४० वटा,ट्याक्टर १८ वटा, मोटरसाईकल एक सय १० वटा र टेम्पो लगायत अन्य सवारी साधनहरु ३० वटा गरी कुल नौ हजार छ सय ६२ वटा सवारी साधनहरु कार्बाहीमा परेका छन् । मधेशका ट्राफिक प्रहरी कार्यालयहरुले चैत्र महिनामा तीन हजार तीन सय १६ पटक जनचेतनामूलक कार्यक्रम गर्दा एक सय ७५ हजार ३० जना लाभान्वित भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सिंहले बताए।उनका अनुसार चालु आर्थिक वर्षको चैत्र महिना सम्ममा मधेश प्रदेशका ट्राफिक प्रहरी कार्यालयहरुले ८० हजार ८२ वटा कार्बाही गर्दा रु सात करोड ९२ लाख ५५ हजार ५८ राजश्व संकलन गरेको छ ।
भारतसंग खुल्ला सीमा जोडिएको मधेशका जिल्लाहरुमा भारतिय माल वाहक तथा यात्रु बाहक सवारी साधनहरुको पनि आवागमन उतिकै रहने र ट्राफिक प्रहरीको सक्रियता उतित्ते रहेको भएपनि जेनजी पुस्ताको आन्दोलनका साथै प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण गत वर्षको तुलनाम यस वर्ष राजश्व तथा कार्बाहीमा गिरावट आउने अवस्था देखिएको ट्राफिक प्रहरी अधिकारीहरुले बताए।मधेशका ट्राफिक प्रहरी कार्यालयहरुले गत आर्थिक वर्षमा  रु १८ करोड ३७ लाख ९१ हजार तस्न सय ५९ राजश्व संकलन गरेको थियो।चालु आर्थिक वर्षको तीन महिना मात्रै बाँकी रहेको अवस्थामा गतवर्षको भन्दा आधा पनि राजश्व संकलन नहुनेले गवर्षको राजश्व भन्दा यस वर्षको राजश्व कम संकलन हुने देखिएको हो ।

सम्बन्धित समाचार