दुर्गा कुमारी अधिकारी
सर्लाहीको जानकीनगर साझेदारी वन व्यावस्थापन समुहका निर्वाचित पदाधिकारीहरु एवम सदस्यहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र वितरण गरिएको छ । डिभिजन वन कार्यालय सर्लाहीको सभा हलमा एक अनाैपचारिक कार्यक्रमकाे आयाेजना गरि निर्वाचित पदाधिकारीहरु एवम सदस्यहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।
जानकीनगर साझेदारी वन व्यावस्थापन समुहकाे दाेस्राे वार्षिक साधारण सभा अन्तर्गत असार १ गते भएको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरु सहित सदस्यहरुलाई वन नियमावली २०७९ काे नियम ५७ अनुसार सपथग्रहण गराई प्रमाण पत्र वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।

उनका अनुसार साझेदारीकाे अध्यक्षमा राम विश्वास राय,उपाध्यक्ष सन्तलाल घिसिङ,खुल्ला सदस्य दिनेश कुमार यादव,नागेन्द्र राय यादव,काैशल महताे,ईन्दल ठाकुरसत्य नारायण महताे,सुरेश पासवान,जवाहर साह,दलित सदस्य शाेभा वि.क,महिला सदस्य उषा कुमारी महताे सिंह,ललिता कुमारी महताे र मिना कुमारी शिवाकोटीलाई सपथ ग्रहण गराई प्रमाण पत्र वितरण गरिएको हाे ।
विभिन्न ९ वटा स्थानीय तहका ७५ वटा वडाहरुबाट छनाेट भएर आएर दाेस्राे अधिवेशन मार्फत निर्वाचित भएका १३ जना सदसयहरुलाई सपथ ग्रहण एवम प्रमाण पत्र वितरण गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
सपथ ग्रहण एवम प्रमाण पत्र वितरण कार्याक्रममा मधेश प्रदेश वन निर्देशनालयका सुुरेश शर्मा,डिभिजन वन कार्यालय सर्लाहीका विभिन्न तहका कर्माचारीहरु लगायत जानकीनगर साझेदारी वन व्यावस्थापन समुहका पदाधिकारीहरु एवम सदस्यहरुकाे विशेष उपस्थिति रहेकाे थियाे ।