प्रहरीको फितलो अनुसन्धानले निर्दोष फसे दोषी हाँसे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-५ गते   ८११ पटक हेरिएको

शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीका थीरबहादुर खड्का प्रहरीको गलत अनुसन्धानका कारण विगत करिब अढाई वर्ष देखि पीडित बनेका हुन् ।लालबन्दी नगरपालिका २ जुटपानीका खड्का आफ्नो सवारी दुर्घटनामा संलग्न नभएपनि प्रहरीले दुर्घटना मुद्दा लगाएपछि विगत करिब अढाई वर्ष देखि पीडित बनेका हुन् । 
प्रहरीको फितलो अनुसन्धानका  दुर्घटनामा संग्लग्न नै नभएको खड्काको ट्याक्टर ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएर चालकलाई धम्क्याएर गल्ती स्वीकार गर्न लगाई चालकलाई कारागार चलान गरेपछि विगत करिब अढाई वर्ष देखि पीडित बनेका हुन् । 
ईलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालिन प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले गलत अनुसन्धान गरी आफुलाई  फसाएको पीडित खड्काको गुनासो छ । आफ्नो सवारी साधन दुर्घटनामा संलग्न नरहेको आधार प्रमाण समेत पेस गरिरहँदा पनि प्रहरीले अनुसन्धान नै नगरी एकतर्फी रूपमा आफुलाई फसाएको पीडित खड्काको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक चार जना परिवर्तन भई सक्दा,ईलाका प्रहरी कार्यालय लालबन्दीमा अर्कै प्रहरी निरिक्षक आईसकेका भएपनि पडित खड्का परिवारले दुःखबाट मुक्ती पाएका छैनन् भने दुर्घटनामा मृत्यु भएकालेक्षेतीपुतीपाउन सकेका छैनन् भने घाईतेहरुले उपचार खर्च समेत पाउन सकेका छैनन् ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सरुवा भएर अर्का प्रहरी निरीक्षक आई उनको पनि सरुवा हुने समय हुन लाग्यो, जिल्ला प्रहरी कार्यालय सर्लाहीमा चार जना प्रहरी उपरिक्षक सरुवा भई सके तर आफु निर्दाेष मानिस अहिले पनि मुद्धा मामिला गरिरहनु परेको छ । पीडित खड्काका छोरा बसन्त खड्काले बताए ।
‘विगत करिबअढाई वर्षदेखि ईलाका प्रहरी कार्यालय लालबन्दीमा तत्कालिन प्रहरी निरीक्षक थापा र मुद्धा शाखाका चन्द्रपुरण चौधरीको गलत अनुसन्धानले आफ्नो सवारीसाधन अनाहकमा फसेको छ । पीडित खड्का परिवारले भने ।
‘दुर्घटना गराएको मुख्य ट्याक्टर अर्कै रहेको खुलेपनि ईलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रहरी प्रमुख प्रहरी निरीक्षक थापा र मुद्धा शाखाका चौधरीले कुनै सुनुवाइ नै नगरेको पीडित खड्काको भनाई छ । ती सबै आधार प्रमाण ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक थापा,जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख सन्तोष सिंह राठौर र त्यसपछिका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाइलाई पेश गर्दापनि आफ्नो गुनासो प्रति उनीहरुले चासो नदेखाएका खड्का परिवारको गुनासो छ । 
‘जिल्लामा प्रहरी प्रमुख चारजना आउनु जानु भयो,ईलाका प्रहरी कार्यालय लालबन्दीमा पनि दुई जना प्रहरी प्रमुख आउनु जानुभयो । पहिलाका प्रहरी निरीक्षक थापा र प्रहरी उपरीक्षक राठौरको सरुवा भएपछि आएका नयाँ प्रहरी प्रमुखहरुबाट आफ्नो मुुद्दाको विषयमा निष्पक्ष काम गर्छन होला भनेको उनीहरुले पनि चासो दिएनन्’पीडित खड्का परिवारको गुनासो छ ।
आफ्नो ट्याक्टर दुर्घटनाको दिन घरबाट ननिस्केको प्रमाण दिँदा पनि प्रहरीले मानेन्,अर्को ट्याक्टरले दुर्घटना गराएको खुलिसके पनि प्रहरीले कुनै वास्ता गरेन,मुद्दा अदालतमा गइसकेको भन्दै प्रहरी निरीक्षक थापा र तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौर र त्यसपछिका प्रहरी प्रमुख प्रसाइले कुनै कुरो सुन्न नचाहेको पीडितको गुनासो थियो । वास्तविक दुर्घटना गराएको ट्याक्टर पनि नियन्त्रणमा लिन पनि प्रहरी लाचार बनेको उनीहरुको आरोप छ ।‘प्रहरीले अनुसन्धान गर्न नचाहँदा करिब अढाई वर्षदेखि कानूनी परिबन्धमा परेको छु, नखाएको विष मलाई लागेको छ’खड्काले कमलामाई मिडिया प्रा.लिसंग गुनासो गरे । 
२०७७ कात्तिक १० गते नवलपुर मलंगवा सडक खण्डअन्तर्गत लालबन्दी नगरपालिका २ जुटपानीमा ४ जना सवार प्रदेश–२–०३–००६ प ३७७० नम्बरको मोटरसाइकल तिव्रगतिका कारण ओरट्याक गर्ने क्रममा म्याजिक आएपछि अचानक ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो । त्यसलगतै ट्याक्टर फरार भएको थियो । दुर्घटनामा स्थानीय १८ वर्षीय अंकुश पासवानको मृत्यु भएको थियो भने १८ वर्षीय निशान्त पासवान,२९ वर्षीय अंगद पासवान र २८ वर्षीय ऋतिक पासवान घाइते भएका थिए ।
सवारी दुर्घटना भएकोे दुई दिनपछि पराल लोड गर्दै गरेको अवस्थामा खड्काको प्रदेश–२–०३–००१ त १२८२ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखाएको थियो । तर दुर्घटना गराउने ट्याक्टर अहिले पनि खुलेआम हिँडि रहेको पीडित पक्षको गुनासो छ ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अर्कै प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुख प्रहरी निरीक्षक कार्की आएपछि आफ्नो मुद्दाको विषयमा निष्पक्ष छानविन हुनेमा आफुहरु आशावादी भएको भएपनि आफ्नो विषयमा कुनै प्रकारको अनुसन्धान तथा प्रयास नगरेको खड्का परिवारको गुनासो छ ।
दुर्घटना गराउने ट्याक्टर कहाँ छ कुन हो ?
अरूले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएपछि अदालतीय प्रक्रियामार्फत भए पनि वास्तविकता बाहिर ल्याउने पक्षमा रहेका खड्का परिवारले दुर्घटनामा संग्लग्न ट्याक्टर सर्लाहीको हरिवनकाका एक स्थानीयले  २०७७ कार्तिक ९ गते सिरहाको लहानको मेस्सि सोरुमबाट निस्केको,दुर्घटना गराएको समयमा उक्त ट्याक्टर अनटेष्ट रहेको,ट्याक्टरका चालक फरार रहेका,ट्याक्टरका सहचालकले कविन कार्कीको ट्याक्टरले दुर्घटना गराएको बताएका,उत्तः दुर्घटनको समयमा सह चालक आफैँ रहेको बताएपछि खोजी गर्दै जाँदा सो प्रमाणित भएको पीडित खड्का परिवारले बताएका छन् । ट्याक्टर निकालेको करिब १ हप्ता पछि उक्त ट्याक्टरको नम्बर प्रदेश २–०१–००१ त ०८१३ प्रमाणित भएको खड्का परिवारले बताएका छन् ।
उक्त ट्याक्टरका चालक विजय गिरी सोहीदिन देखि फरार हुनु,ट्याक्टरका सह चालकले कार्कीको अनटेष्ट ट्याक्टरले नै दुर्घटना गराएको बताउनु,पीडित पक्षले आफुहरुसंग हाल सम्म पनि क्षेतीपुर्तिको माग नगर्नु,साथै खड्काको ट्याक्टरका चालकले जेलबाट पनि केही राजनैतिक दलका नेताहरुले आफुलाई दुर्घटना गराएको स्विकार नगरे परिवार नै सिध्याइ दिने धम्की दिएका बताएको आधारमा दुर्घटना गराउने ट्याक्टर प्रदेश २–०१–००१ त ०८१३ नै रहेको खड्का परिवारको दाबी छ । उक्त ट्याक्टरका चालक गिरी दुर्घटना भएदेखि फरार रहेका छन् । 
एक निर्दोष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन तथा न्यायालयको आश्रय खोजी रहेका छन् भने दुर्घटना गराउने ट्र्याक्टर फेला परेपनि प्रहरी मौन देखिएको छ । प्रहरीले खोजी कार्य नगरेको र पछि केही मानिसहरुको सहयोगमा दुर्घटना गराउने ट्याक्टर प्रमाणित भएको पीडित परिवारको भनाई छ । तर प्रहरीले सो कुरा स्विकार गरिसकेको छैन । पीडित खड्काले बताए ।
प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का,माथिल्लो निकायलाई पठाएको टिपोट,रेफर गरी पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केर मेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैँ रहेको र सोही निर्दाेष ट्याक्टरलाई कार्वाहीको भागेदार बनाउने पक्षमा रहेको देखिएको पीडितको आरोप  छ ।
दुर्घटनामा संग्लग्न सवारी साधनका सह चालकले सबै विवरण बताउनु,उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु,पीडितले खड्कासँग क्षतिपूर्तिको माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का,माथिल्लो निकायबाट आएको पत्रलगायत कागजातमा केरमेट गर्नुले आफुहरुलाई पहिला नै शंका लागेको खड्काले बताए ।
यसले प्रहरी र दुर्घटनामा संलग्न सवारी साधनका धनी कार्की बीचको मिलेमतो रहेको आशङ्का गर्न सकिन्छ् । भने दुर्घटनामा संग्लग्न सवारी साधन अहिले पनि सर्लाहीको हरिवनमै  सञ्चालन भई रहेको छ । 
प्रहरीले दुर्घटना गराउँने ट्याक्टरका साहु कार्कीसंग आर्थिक चलखेल गरी आफुहरुलाई फसाएको पीडित पक्षको आरोप  छ । साथै हाल जेलमा रहेका चालककी श्रीमती अनिता देवी रामले आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको प्रहरीलाई बताएकी छन् ।
मृतकका आफन्तले जाहेरी दिनु भन्दा पहिला नै ट्याक्टर नियन्त्रणमा लिएको र पछि जाहेरी दिएको पाइएको छ भने निर्दाेष ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखाएको तर दुर्घटनामा संग्लग्न ट्याक्टर खुलेआम हिडि रहेको मृतकका आफ्न्तहरुको पनि भनाई छ ।
दुर्घटना भएको ९ महिना पछि उक्त दुर्घटना गराउने ट्याक्टर पीडित खड्का पक्षले पहिचान गरेका थिए भने प्रहरीलाई समेत जानकारी गराएको बताएका छन् । पीडतका अनुसार पहिलाका सबै प्रमाणहरुका आधारमा ट्याक्टरको खोजी गर्दै जाँदा उक्त दुर्घटना गराउने ट्याक्टर फेला परेको र प्रहरीलाई जानकारी गराएको पीडित पक्षको भनाई छ । साथै सबै सबुत प्रमाण सहित आफुहरु अदालतीय प्रक्रियामा रहेको पीडित खड्काले बताए ।  तर ईलाका प्रहरी कार्यालय लालबन्दीले जिल्ला अदालत सर्लाहीमा ट्याक्टर छ छैन भन्ने खुलाएको छैन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech